पशुपतिकाका भट्टद्धारा कर तिर्न अझै आनाकानी

त्यसो त, डेढ वर्षभन्दा बढी समयदेखि आयकर नतिरेका पशुपति मन्दिरका एक मूल भट्ट र तीन भट्टलाई पशुपति क्षेत्र विकास कोषले थप भत्ता व्यवस्था गर्ने तयारी समेत गरिरहेको छ ।
२०६८ चैत ८ देखि पशुपति मन्दिरको भेटी सार्वजनिक गरेर भट्टहरुले तलब पाउने गरेपनि सो समयदेखि उनीहरु आयकर तिर्ने लिस्टमा भने छैनन् ।
मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८’ अनुसार मूल भट्टराई मासिक ४० हजार तलब, ३० हजार रुपैयाँ पूजाभत्ता, अतिथि सत्कार खर्च ३० हजार, पर्व खर्च ३० हजार, सवारी खर्च ८० हजार र टेलिफोन खर्च १५ सय कोषले दिँदै आएको छ । त्यसैगरी भट्टका हिसाबमा भने मासिक तलब ३० हजार, पूजाभत्ता ७५ हजार, अतिथि सत्कार खर्च २२ हजार, पर्व खर्च २० हजार, सवारी खर्च ६ हजार र टेलिफोन खर्च १२ सय रुपैयाँ दिँदै आएको भए पनि उनीहरुले कर भने नतिरेकोको खुल्न आएको हो ।
पशुपति मन्दिरमा विशेष पुजा गर्दा उठेको रकमको बीस प्रतिशत भट्टहरुलाई थपिदिने साताअघि सञ्चालक परिषद बैठकमा प्रस्ताव समेत भएको थियो ।
प्रकाशित मिति:
September 27, 2013