सीता एयरको विमान उडेको २ मिनेटमै दुर्घटना, १९ जनाको मृत्यु
असोज १२ – आज बिहान सीता एयरको एक विमान भक्तपुरमा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका सबै चालक दलसहित १९ जनाकै मृत्यु भएको छ ।
मृत्यु हुने चालक दल सदस्यमा क्याप्टेन विजय तन्डुकार, टी थापा रहेपनि अन्य यात्रुहरुको पहिचान खुलन सकको छैन ।
सोलुको लुक्लाका लागि उडान भर्ने क्रममा उक्त विमानमा उडेको २ मिनेटमै आगलागी भएको बताइएको छ ।
उक्त विमान भक्तपुरको जडिबुटीस्थित मनहरा सुकुम्बासी बस्तीमा खसेको हो । विमानमा १६ जना यात्रु र ३ जना चालक दल रहेको बताइएको छ ।
अहिले त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् भने उद्धारकर्मीले १९ जनाकै शव जहाजबाट निकालि सकेका छन् ।
प्रकाशित मिति:
September 28, 2012