पानी लिन गएकी श्रीमतीलाई बादर भनेर गोली हान्दा ठहरै
असोज ७ – रुकुममा एक व्यक्तिले बादर भन्दै बन्दुक चलाउँदा आफ्नै श्रीमतीको ज्यान गएको छ ।
रुकमकोट गाविस–१ रानीकोटमा एक व्यक्तिले बाँदर भनेर बन्दुक हान्दा आफ्नै श्रीमतीलाई गोली लागेर उनको मृत्यु भएको छ ।
त्यसरी बन्दुक चलाउनेमा वेदप्रकाश पुन रहेका छन् । उनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको हो ।
घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए । उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो । वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र प्रहरी घटनास्थल पुगेको थियो ।
यसअघि पनि अर्घाखाँचीमा बाँदर धपाउन रूखमा चढेर बसेका एक बालकको आफ्नै बुवाले बादर होला भनि हानेको गोलि लागि मृत्यु भएको थियो ।
प्रकाशित मिति:
September 23, 2012