• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » दुई तोला सुन लुटपाटपछि हत्या
दुई तोला सुन लुटपाटपछि हत्या


असोज २३ - विकट उत्तरी धादिङको तिप्लिङ गाविस–८ स्थित एक घरमा लुटेरा समूहले लुटपाटपछि एक जनाको हत्या गरेको छ ।

पचास वर्षीय धनबहादुर घलेको घरमा लुटपाटपछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान राति लुटपाट गर्न आएको समूहले घरमा रहेको दुई तोला सुन लुटपाट गरेपछि घले दम्पतीमाथि आक्रमण गरेको थियो ।

आक्रमणका कारण धनबहादुरको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ४८ वर्षीया मरबते बेहोस भएको अवस्थामा छिमेकीले फेला पारेको स्थानीयवासी प्रेम तामाङले बताए ।

घटनास्थलभन्दा टाढा प्रहरी कार्यालय भएकाले उद्धारका लागि प्रहरी सो स्थानमा पुग्न समय लाग्ने र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउन समेत स्वास्थ्यकर्मी नभएकाले गाउँमै उपचार गराउने अवस्था छैन । घाइतेको उद्धार गरी सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: October 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |