काठमाडौ, कार्तिक ४ - सत्तारुढ दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन ले राष्ट्रिय सहमतिका लागि संविधानसभाको नयाँ निर्वाचन वा पुर्नस्थापना दुवै विकल्पलाई खुला राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले राष्ट्रिय सहमतिका लागि अधिकतम लचकता देखाउने निर्णय गर्दै अन्य पक्षलाई पनि लचकताका लागि आग्रह गरेको छ । गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिका लागि निर्वाचन वा पुर्नस्थापना दुवै विकल्पलाई खुला राख्ने निर्णय भएको बताए । उनले यसअघि तीन दलबीच भएका वार्ता तथा बैठकहरुको समिक्षा पनि भएको जानकारी दिए । वार्ता सकारात्मक भएपनि निकास नदिएकोमा गम्भीर बन्दै अब जुन विषयमा सहमति हुन्छ त्यसमा छलफल चलाइने निर्णय भएको सिंहले बताए ।
दिइएको छ । गठबन्धनको आगामी बैठक कात्तिक १५ मा बस्ने छ ।