• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » नेता, पत्रकार, चिकित्सक, सैनिक, बैंकर र बालकसहित १८ को जहाज दुर्घटनामा मृत्यु
नेता, पत्रकार, चिकित्सक, सैनिक, बैंकर र बालकसहित १८ को जहाज दुर्घटनामा मृत्यु

फागुन ५ । पोखराबाट जुम्लाको लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा  नेता,  पत्रकार, चिकित्सक, सैनिक अधिकारी, बैंकर, शिक्षक र एक बालकसहित १८ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको मसिनालेकमा दुर्घटनाग्रस्त भएको जहाजमा नेपाली कांग्रेस जुम्लाका सभापति मानव सैजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. विकल्प पोखरेल, कृषि विकास बैंकका प्रबन्धक राजेन्द्र देवकोटा, सेनाको २४ नम्बर बाहिनीका सेनानी दीपक श्रेष्ठको मृत्यु भएको छ ।

उक्त जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य तथा रेडियो नारी आवाजकी अध्यक्ष गौरी कठायत, कालिकाखेतु प्राथमिक उपचार केन्द्रकी नर्स वर्षा हमाल र उनका ४ वर्षीय छोरा योगेश त्यसैगरी चन्दननाथ–६ का शिक्षक टेक महतरा र पत्नी नन्दा, छिनाका शिक्षक कृष्णनाथ योगीको पनि निधन भएको छ ।

यसैगरी, चन्दननाथ–९ मालाभीडका शिक्षक राजी चौलागाईं, २० वर्षिय भान्जा दीपेश शाही, जिल्ला हुलाक कार्यालयकी निमित्त प्रमुख उमा तामाङ  र डेनमार्कका नागरिकको पनि निधन भएको छ ।

एयर होस्टेस मुना महर्जन रहेको उक्त जहाज पाइलट शंकर श्रेष्ठ र को–पाइलट रवीन्द्र बन्जाराले चलाएका थिए । उनीहरुको पनि दुर्घटनामा निधन भएको छ ।

प्रकाशित मिति: February 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |