म्यूजिक भिडियोमा कान्छी बनेर आइन पार्वती राई
काठमाडौं । मोडल पार्वती राई नयाँ भिडियोमा कान्छी बनेकी छन् । इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’ मा रहेको ‘हे कान्छी' गीतको भिडियोमा पार्वतीको कान्छीको भूमिका निर्वाह गरेकी हुन् ।
पार्वतीसँगै यो भिडियोमा सुमित गुरुङको अभिनय छ । भिडियोलाई सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीत शान्त गुरुङको स्वर, शब्द र संगीतमा तयार भएको हो ।
मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ । भिडियोको निर्देशन लक्ष्मण गुरुङले गरेका हुन् । पोखरा आसपासमा छायांकन गरिएको भिडियोका दृष्य सुन्दर बनेको छ ।
प्रकाशित मिति:
April 12, 2017