दक्षिणकालीमा काँग्रेस विजयी

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशी शर्माले चार हजार २६८ मत पाए । उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित भएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याए ।
नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा काँग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य काँग्रेस, ४ मा काँग्रेस, ५ मा वडाध्यक्ष काँग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट काँग्रेस र अरू सबै एमाले, ९ मा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
May 18, 2017