राष्ट्रिय प्राविधिक महोत्सवको २५ हजारद्धारा अवलोकन
काठमाडौं, माघ । इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसद्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ आइतबार सम्पन्न भएको छ ।
गत १९ देखि २१ माघसम्म तीनदिन चलेको महोसत्सबमा करिब २५ हजारले अवलोकन गरेको लोकसका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिए । महोत्सबमा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले उत्पादन गरेका डेढ सय स्टल राखिएको थियो ।
लोकसका मिडिया संयोजक वसन्त चौलागाईले महोत्सवको यस वर्षको मुख्य नारा स्मार्ट सिटी राखिएको महोत्सवमा स्मार्ट सिटी के हो र कस्तो हुनुपर्छ भन्ने देखाइएको बताए ।
उनले प्रदर्शनीमा देशभरिका बिभिन्न ईन्जिनियरिङ् कलेजहरुको बिद्यार्थीहरुको प्रोजेक्टहरु मार्फत स्मार्ट सिटीको मोडेल देखाइएको बताए ।
महोत्सबको उदघाटन सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए । उदघाटनपछि प्रदर्शनीको अवलोकन गर्दै उनले यस्ता महोत्सवका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनीमा ड्रोनाचार्य, रोबोवार्ज, कोड क्याम्प, कोड जाम, फोटोग्राफी प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न १६ टिममध्ये ट्रिनिटी कलेजको रोबोनट्सले पहिलो भएर १५ हजार र दोस्रो हुने गडफादरले ५ हजार प्राप्त गरेको छ ।
त्यस्तै, कोड क्याम्पमा प्रतियोगिता अन्तर्गत दुइ दिनभित्रमा कुनै एक सफ्टवेयर आइडियालाइ बजारमा बेच्न सक्ने उत्पादनको रुपमा बिकसित गर्नुपर्ने हुन्छ ।
उक्त प्रतियोगितामा मेरिशना सिंह सुवाल र प्रज्ञान सुबेदीले ट्रलोटिंग फेसेसबाट १२ हजार हात पारे । कोड जाम प्रतियोगितामा बिगिनर्स तहमा रजत पराजुलि प्रथम, नीमा सिरिङ्ग दोस्रो र अमित चौधरी तेस्रो हुँदै ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
प्रकाशित मिति:
February 06, 2018