• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

बेनी, म्याग्दी, ६ पुस (रासस) । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन् ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुनुहुन्छ । यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब रु चार खर्च हुने उनले बताए ।

प्रकाशित मिति: December 21, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |