• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » अब मोबाइल एप्समा अधिकारका विषय
अब मोबाइल एप्समा अधिकारका विषय

काठमाडौँ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।

मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ ।

यसअघि सो एप्स धादिङका ५२ वटा विद्यालय र सात वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा चार महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एप्सको शुभारम्भ गर्दै पछिल्लो पटक विकास भएका विज्ञान तथा प्रविधिको क्षेत्रलाई मानव अधिकारको क्षेत्रमा उपयोग गर्न सकेमा स्थानीय तहदेखि नै शुसासन कायम हुने विश्वास व्यक्त गरे ।

आयोजक संस्थाका अध्यक्ष विष्णुपुकार श्रेष्ठले मुलुकको समृद्धिका लागि माथिल्लो तहदेखि नै हुने भ्रष्टाचारलाई नियन्त्रण गरी तल्लो तहदेखि नै विकासका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: December 20, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |