कांग्रेसबाट निर्वाचित मानव बेचबिखन आरोपमा वडाअध्यक्ष पक्राउ
- भारतको वेश्यालयबाट फर्केका महिलाले गराएका थिए मुद्धा दर्ता
नुवाकोट, ५ पुस (रासस) । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको छ ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए ।
मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति:
December 20, 2017