चालु संसद अधिवेशन अन्त्य, प्रधान्यायाधिशमाथिको महाअभियोग 'कोल्याप्स'
काठमाडौ ४ जेठ । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले चालु संसद अधिवेशन अन्त्य गर्ने र संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु निर्णय गरेको हो ।
संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग निस्क्रिय हुने देखिएको छ । चालु अधिवेशनमा विधेयकहरु अर्को अधिवेशनमा सर्ने भएपनि कतिपय समसामयिक विषय स्वत कोल्याप्स हुने भएकाले महाअभियोगको विषय पनि कोल्याप्स हुने देखिएको छ ।
मन्त्रीपरिषदले आज गरेका निर्णयहरु
१. संसदको हिउँदे अधिवेशन अन्त्य गर्न अनुरोध गर्ने निर्णय गरेको।
२. थरुहट मधेस आन्दोलनलाई सरकारले राजनीतिक आन्दोलनको रुपमा स्वीकार्दै सो आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता गर्न गृहको परामर्शमा कानुन मन्त्रालयलाई आगामी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन दिएको।
३. प्रेस काउन्सिलको अध्यक्षमा भवानीप्रसाद बराललाई नियुक्त गर्ने निर्णय गरेको।
४. नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा आम नेपाली जनतालाइ उपचार सेवा प्रयोग गर्नको लागि दिने निर्णय गरेको।
५. काभेको नमोबुद्धमा आपराधिक आक्रमणबाट मृत्यु भएका नवराज पाठक र दोलखाको जुगुमा निर्वाचनको क्रममा झडपमा परी मृत्यु भएका कुलबहादुर तामाङलाई सहिद घोषणा गरी उनीहरुका परिवारलाई १० लाख रुपैयाँका साथै बालबच्चाको पढाईको ब्यबस्था सरकारले गर्ने निर्णय गरेको।
६. चुरे तराई मधेस संरक्षण तथा ब्यवस्थापन हरियाली बिकास प्रबर्द्धन नवीकरण प्राकृतिक स्रोत र हरितग्रहण बन क्षेत्र र बन बिकास प्राकृतिक स्रोत दिगो ब्यबस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरणको कार्यक्रमलाई प्रोत्साहन दिई २६% जनसंख्या बसोबास गर्ने चुरे क्षेत्रलाइ संरक्षण गर्ने निर्णय गरेको।

प्रकाशित मिति:
May 18, 2017