• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सैनिकले आफ्नै श्रीमती र छोरीको विभत्स हत्या गरेको रहस्य खुल्यो
सैनिकले आफ्नै श्रीमती र छोरीको विभत्स हत्या गरेको रहस्य खुल्यो


असोज २३ – एक जना सैनिक जवानले आफ्नै श्रीमती र छोराको विभत्स तवरले हत्या गरेको खुल्न आएको छ ।

भैरव गण दिपायलमा कार्यरत एक सैनिक जवानले आफ्नै श्रीमती र छोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

कञ्चनपुरको कृष्णपुर–५ गुलरिया घर भएको सैनिक जनाव चन्द्रबहादुर ऐरीले बैतडी खोड्पे ल्याएर आफ्नै २४ वर्षीया श्रीमती धनसरा ऐरी र चार वर्षीया छोरी सरस्वतीको हत्या गरेको पुष्टि भएको छ ।

आफू अछाममा कार्यरत भएको त्यही लैजान्छु भन्दै झुक्याएर गत भदौ २८ गते बैतडी खोड्पे पु¥याएको र त्यहाँबाट १५ मिनट हिडाएर पूर्वतर्फको जङ्गलमा पु¥याई हतौडाले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

“आमाछोरीको हत्या गरिसकेपछि काँसले बेरेर आगो लगाई शरीर डढाइदिएको अनुसन्धानबाट खुलेको छ” बैतडीका प्रहरी प्रमुख कार्कीले भनेको छन् ।

सैनिक जवान ऐरीले भदौ २७ गतेदेखि असोज २ गतेसम्मको बिदा लिए पनि ३० गते नै गणमा हाजिर भएको खुलेको छ ।

उनलाई यही असोज ५ गते दिपायलस्थित उनी कार्यरत ब्यारेकबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: October 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |