• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपालसँग हङकङ १ सय २५ रनले परातिज, नेपाल सेमिफाइनल प्रवेश
नेपालसँग हङकङ १ सय २५ रनले परातिज, नेपाल सेमिफाइनल प्रवेश


असोज २३ - दुबईमा जारी एसीसी एलिट कप अन्तर्गत चौथो खेलमा आज नेपालले १ सय २५ रनले हङकङलाई पराजित गरेको छ ।

समूह चरणको अन्तिम खेलमा जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गर्न पनि सफल भएको छ । अब नेपालले भोलि सेमिफाइनलको खेल अन्तर्गत मलेसियाको सामना गर्ने छ ।

दुबईको ग्लोबल क्रिकेट एकेडेमीमा भएको आजको खेलमा नेपालले हङकङलाई २२६ रनको चुनौती पेस गरेको थियो । उक्त रन जोड्न नेपाललाई निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउन परेको थियो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालका तर्फबाट कप्तान पारस खड्काले ६१ रनको योगदान बनाएका थिए । त्यस्तै नेपालको सफलताका लागि अनिल कुमार मन्डलले ३७ जोडे भने वसन्त रेग्मीले ३१ रनको योगदान दिए ।

आजको खेलमा नेपालले हङकङलाई जसरी पनि पराजित गर्नैपर्ने बाध्यता रहेको थियो ।

हङकङलाई सस्तैमा प्याक गर्नका लागि नेपालका अनिल भट्टराई र बसन्त रेग्मीले ३/३ समान विकेट झारेका थिए भने पारस खड्काले २ विकेट र शक्ति गौचनले २ विकेट लिएका थिए ।

प्रकाशित मिति: October 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |