गोविन्द मैनालीसँग जापान सरकारले पत्रकार सम्मेलन गरेर माफी माग्यो
कात्तिक २५ – बिना गल्ती १५ वर्ष जेल सजाय भोगेका नेपालका गोविन्द मैनालीसंग जापान सरकारले पत्रकार सम्मेलन गरेरै सार्वजनिक रुपमा माफी मागेको छ ।
जापानी महिलाको हत्या अभियोगमा १५ वर्ष जेल बसेपछि निर्दोष ठरिएका मैनालीसँग जापानका कानून मन्त्री माकोतो ताकीले पत्रकार सम्मेलन गरी गलत अभियोगमा मैनालीले लामो समय जेलमा बस्नुपरेको भन्दै माफी मागेका हुन् ।
माफी माग्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ताकीले ५ वर्ष लामो अवधि जेलमा बिताउनुपरेकोमा म मैनालीसंग ह्रदयदेखी माफी माग्छु भनेर उल्लेख गरेको जापानको समाचार संस्था क्योदो न्यूजले जनाएको छ ।
र यो पनि पढ्नुहोस
हत्याको अभियोगमा १५ वर्षसम्म जेल भोगेका गोविन्द निर्दोष ठहरिए
प्रकाशित मिति:
November 10, 2012