रोम्नीलाई हराउँदै ओबामा पुनः अमेरिकी राष्ट्रपति(भिडियो पनि)
कात्तिक २२ – रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नीलाई हराउँदै डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति बाराक ओबामा फेरि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका छन् ।
यो समाचार तयार पार्दासम्म ओबामाले जितका लागि आवश्यक संख्या भन्दा बढी मत ल्याई सकेका छन् । उनले ३०३ इलेक्टोरल भोट पाएका छन् भने रोम्नीले २०६ इलेक्टोरल भोट मात्रै पाएका छन् ।
५ सय ३८ इलोक्टोरल भोट रहेको अमेरिकामा जीतका लागि २ सय ७० मत आवश्यक पर्दछ ।
त्यहाँ राष्ट्रपतिमा चुनिन ५ सय ३८ इलेक्टोरल मतको बहुमत अर्थात् २ सय ७० भोट ल्याउनै पर्ने हुन्छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको जीवनी भिडियोमा हेर्नुहोस :
अहिले सम्म अमेरिकामा राष्ट्रपति हुनेहरूको सूची यस प्रकार छ:
१. जर्ज वाशिङटन (1789-1797)
२. जोन एडम्स (1797-1801)
३. थोमस जेफरसन (1801-1809)
४. जेम्स मेडिसन (1809-1817)
५. जेम्स मोनरो (1817-1825)
६. जोन क्विन्सी एडम्स (1825-1829)
७. एन्ड्रयू ज्याक्सन (1829-1837)
८. मार्टिन वेन बुरेन (1837-1841)
९. विलियम हेनरी ह्यारिसन (1841)
१०. जन टेलर (1841-1845)
११.जेम्स नक्स पोक (1845-1849)
१२. जेकरी टेलर (1849-1850)
१३. मिलार्ड फिलमोर (1850-1853)
१४. फ्रेन्कलिन पियर्स (1853-1857)
१५. जेम्स बुकानन (1857-1861)
१६.अब्राहम लिंकन (18561-1865)
१७. एन्ड्रयू जोनसन (1865-1869)
१८. यूलिसिस एस. ग्रान्ट (1869-1877)
१९. रदरफोर्ड बर्चार्ड हायेस (1877-1881)
२०. जेम्स अब्राहम गरफील्ड (1881)
२१. चेस्टर एलन आर्थर (1881-1885)
२२. ग्रोवर क्लीवल्याण्ड (1885-1889)
२३. बेन्जामिन ह्यारिसन (1889-1893)
२४. ग्रोवर क्लीवलान्ड (1893-1897)
२५. विलियम म्याक्किनली (1897-1901)
२६. थियोडोर रूजवेल्ट (1901-1909)
२७. विलियम हवर्ड टाफ्ट (1909-1913)
२८. व्रूडो विल्सन (1913-1921)
२९. वारेन गेमेलिएल हार्डिग (1921-1923)
३०. केल्विन कूलिज (1923-1929)
३१. हर्बर्ट क्लार्क हूवर (1929-1933)
३२. फ्रेन्कलिन डेलेनो रूजवेल्ट (1933-1945)
३३. ह्यारी एस. ट्रम्यान (1945-1953)
३४. ड्वाइट डेविड आइजनहोवर (1953-1961)
३५. जोन फिट्जगेराल्ड केनेडी (1961-1963)
३६. लिन्डन बेन्स जोनसन (1963-1969)
३७. रिचर्ड मिलहस निक्सन (1969-1974)
३८. गेराल्ड रुडोल्फ फोर्ड (1974-1977)
३९. जेम्स अर्ल कार्टर जूनियर (1977-1981)
४०. रोनाल्ड विल्सन रेगन (1981-1989)
४१. जार्ज हर्बर्ट वाकर बुश (1989-1993)
४२. विलियम जेफरसन क्लिन्टन (1993-2001)
४३. जर्ज वाकर बुश (2001-2009)
४४. बराक हुसेन ओबामा (2009 देखि अहिले सम्म)
प्रकाशित मिति:
November 07, 2012