म प्रधानमन्त्रीको लालची छैन : देउवा
मङ्सिर १० – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् ।
सुदूरपश्चिम भमणका क्रममा डडेल्धुरा आज बिहान आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा सरकार बत्रे सहमति भए पार्टीभित्र प्रधानमन्त्री चयन गर्ने विषयमा कुनै विवाद नहुने बताए । नेता देउवाले भने– “म प्रधानमन्त्रीको लालची छैन, नेपाली काँग्रेसभित्र सरकारको नेतृत्वका विषयमा विवाद हुने छैन ।”
राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिको आह्वान सकारात्मक रहेको बताउँदै नेता देउवाले अबको सरकारको नेतृत्व काँग्रेस गर्न पाउनुपर्नेमा जोड दिए ।
एकीकृत माओवादीले भनेजस्तै उसकै नेतृत्वमा कुनै हालतमा राष्ट्रिय सहमति सरकार निर्माण हुन नसक्ने देउवाले बताए ।

प्रकाशित मिति:
November 25, 2012