कात्तिक २४ – सुनसरीको झुक्कामा रहेको पुर्वाञ्चल क्षेत्रिय कारागारबाट सुरुङ खनेर कुख्यात अपराधी कैदीहरु भाग्न सफल भएका छन् ।
गएराती काराघारबाट सुरुङ खनेर १२ जना कैदिहरु भाग्न सफल भएका हुन् ।
सुरुङ खनेर यसरी भाग्ने कैदीहरुमा भारतका अपराधीरु बमबम भनिने दिनेश यादब, मुखिया भनिने धिरेन्द्र यादब रमेश यादब, विनायक यादब, सुभाष यादब जाकिर मिया, ममताज मिया, फारुक मिया, सुभाष झा, सरफराज आलम ,रमेश सदाय र वंगलादेशका अपराधी अली असरफ अन्सारी रहेको प्राप्त समाचारमा जनाइएको छ ।
यसरी भाग्ने कैदीहरु विभिन्न गम्भीर अपराधका दोषी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये धिरेन्द्र यादले कृषी बिकास वैंक राजविराजका प्रवन्धक हत्या,राजविराजकै डाक्टर मुरलीप्रसाद सिंहको अपहरण गरेको लगायतका दर्जनभन्दा बढी मुद्धाहरु खेपिरहेका थिए भने बंगलादेशी नागरिक नक्कली नागरीकता लिएको लगायतका मुद्धाका भागीदार थिए । त्यस्तै अन्य कैदीहरुको हत्या लुटपाट लगायतका अपराधिक मुद्धाहरु रहेका थिए ।