यसरी जन्मिए न्यू 'बाराक–रोम्नी'
अमेरिकी राष्ट्रपति निर्वाचनमा बाराक ओबामा र मिट रोम्नीबारे अफ्रिकी मुलुक केन्यामा कतिविधि चर्चा भयो भने त्यहाँ एक दम्पतीले आफ्ना नवजात शिशुहरूको नाम नै ओबामा र रोम्नी राखेका छन् ।
अबुर एक २० वर्षीया गृहिणी हुन् । उनले भनिन्, ‘मैले जुम्ल्याहा जन्माएँ र त्यसपछि उनीहरूको नाम बाराक ओबामा र मिट रोम्नी राख्ने निष्कर्षमा पुगेँ । पहिलो छोराको नाम बाराक र दोस्रोका नाम रोम्नी राखियो, ठीक त्यसरी जसरी उनीहरूले अमेरिकी निर्वाचनमा प्रदर्शन गरेका थिए ।’
अर्की एक आमा मोनिका अकिन्यीले आफ्नो छोरा ठूलो भएपछि उसमा ओबामामा जस्तै गुणरविशेषता विकसित भएको हेर्न चाहेको बताइन् । उनले भनि
न्, ‘अमेरिकी राष्ट्रपतिका उपलब्धि र यहाँ हाम्रो मुलुकमा उनका कारणले भएको र भइरहेको प्रगति देखेर नै मैले आफ्ना छोराको नाम बाराक ओबामा राखेकी हुँ ।’
पूर्वीअफ्रिकी देश केन्यामा ओबामाको प्रभाव कुनै रकस्टारजस्तो छ । त्यहाँ एउटा बियरको नाम सन् २००८ मा उनको निर्वाचन–विजयपछि ‘प्रेसिडेन्ट’ राखिएको थियो । उनी राष्ट्रपति बन्नुअघि केन्यामा एउटा बियर थियो, जसको नाम थियो ‘सिनेटर’, किनभने त्योबेला ओबामा अमेरिकी सिनेटका सदस्य थिए ।
अमेरिकी राज्य हवाईमा अर्कान्सस राज्यकी श्वेत आमा र केन्याली अर्थशास्त्री अश्वेत पिताबाट जन्मेका ओबामा आमअफ्रिकीमाझ त्यसरी नै लोकप्रिय छन् जसरी आयरल्यान्डवासीहरू अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सन् १९६० ताका रुचाउने गर्थे ।
न्यान्जास्थित अस्पतालकी एक नर्स युकाबेथका अनुसार त्यो ठाउँमा आमा–बाबुहरू आफ्ना शिशुको नाम विश्वभरिका प्रसिद्ध मानिसको नाममा राख्ने गर्छन् । सन् २००८ मै पनि निर्वाचनको क्रममा केही शिशुको नाम बाराक त केहीको नाम जो बिडेन राखिएको थियो । बाराकको अर्थ हुन्छ– आशीर्वाद प्राप्त । (बिबिसी)
प्रकाशित मिति:
November 09, 2012