पाटन प्रतिष्ठानमा स्वास्थ्यकर्मी र प्रहरीबीच हानाहान
कात्तिक २३ - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँको अवस्था तनाव बनेको छ ।
आन्दोलनरत् स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि अवस्था असमान्य बन्न पुगेको हो ।
आन्दोलनकारीले अस्पतालमा तालाबन्दी कार्यक्रम राखेपछि अस्पताल प्रशासनले प्रहरीलाई बोलाएको थियो । सोही विषयलाई लिएर त्यहाँ प्रहरीले लाठी चार्ज गरेपछि दोहोरो हानाहानको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।
प्रहरीको लाठी चार्जमा त्यहाँ अध्ययनरत् एमबीबीएसका छात्र छात्रा समेत परेपछि विद्यार्थीहरु 'एप्रोन' खोलेर धर्नामा बसेका छन् ।
प्रतिष्ठानमा दक्ष चिकित्सक हुँदाहुँदै बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्ति गरिएको बिरोधमा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
प्रकाशित मिति:
November 08, 2012