एयर एम्बुलेन्स नआएपछि ओलीलाई भारत लगिएन
कात्तिक १८ – अस्वस्थ भएपछि राजधानीको नर्भिक अस्पतालमा उपचार गराईरहेका नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि भारत लगिने भनिए पनि आज लगिएन ।
उनलाई एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लगिने भनिए पनि भारतबाट एयर एम्बुलेन्स नै नआएपछि उनको उपचार नर्भिक मै भईरहेको छ । ओलीलाई भारतको मेदान्त अस्पतालमा उपचार गराउन त्यसतर्फ एयर एम्बुलेन्सबाट लैजाने तयारी गरिएको थियो ।
उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ र एयर एम्बुलेन्स समयमै नआएकाले नलगिने उनका स्वकीय सचिव रमेश आचार्यले बताए ।
अमेरिकाबाट फर्किएको केही दिनमै ज्वरो र रुघाखोकीले अस्वस्थ भएपछि हिजो साँझ उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
ओलीको फोक्सोमा निमोनिया देखिएको र त्यसले रगतमा अक्सिजनको कमी भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
ओलीको स्वास्थ्य स्थिति हिजो भन्दा आज सुधार भएको पनि चिकित्सकहरुले बताएका छन् । उनलाई अझै ४८ घण्टा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिने बताइएको छ भघने बाहिरी भेन्टिलेटरमा राखेर पनि उपचार गराइँदै आइएको छ ।
प्रकाशित मिति:
November 03, 2012