अखिल अध्यक्षमाथि क्याम्पसमै खुकुरी प्रहार
पुष २ – चार वटा मोटरसाइकलमा आएका युवाहरुको एक समूहले एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ताहचल क्याम्पसका अध्यक्ष प्रकाश शाहीमाथि क्याम्पसभित्रै खुकुरी हानेर भागेका छन् ।
उनलाई आज बिहान करिब १० बजेतिर क्याम्सपभित्रै खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट घाइते शाहीलाई उपचारका लागि मोडल हस्पिटल पुर्याइएको छ ।
उनको टाउकोमा गहिरो चोट लागेको छ र खुकुरीलाई हातले छेक्न खोज्दा हातमा पनि चोट लागेको बताइएको छ ।
मोटरसाइकलमा आएका ती युवाहरुले शाहीलाई खोज्दै जाँदा चिया खाइरहेको स्थानमा फेला पारेको र उनलाई भेटेलगत्तै आक्रमण गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरुको भनाई छ ।
प्रकाशित मिति:
December 17, 2012
