धेरै किन बोल्नु, दोस्रो विश्वयुद्धकै उदाहरण दिन्छु : मोहन वैद्य किरण
रामबहादुर थापालाई प्रधानमन्त्रीमा एमाओवादीले सहमति दिएको दाबी गर्नुभएछ। यो कति आधिकारिक हो ?
सहमतिभन्दा पनि सकारात्मक छौं भन्ने कुरा हो। हामीले कुरा राख्दा हामी सकारात्मक छौं भन्ने जवाफ आएको हो।
त्यस्तो सकारात्मक त सबैका बारेमा छ नि एमाओवादी ?
त्यो सबै त हामीले जान्ने कुरा भएन।
जे होस्, एउटा भएको प्रधानमन्त्री पद एमाओवादीले सप्पैलाई बाँड्न भ्याइसक्यो, होइन ?
(हाँसो)। तैपनि हाम्रो प्रस्तावमा सकारात्मक भएको बताउनुभएको छ। यसलाई हामीले उचितै मानेका छौं।
प्रचण्डको विश्वास छैन भनेर पार्टी फुटाउनुभो। उहाँको वचनमा तपाईंलाई अझै पत्यार लाग्दोरहेछ नि ?
हैन, अब पत्यारको कुरा पनि भएन। व्यवहारबाट थाहा भइहाल्छ।
क्रान्तिको झण्डा झुक्न नदिन भन्दै नयाँ पार्टी नेकपा-माओवादी बनाउनुभो। तर अहिलेको दौडमा नेपाली कांग्रेसलाई समेत उछिन्दै हतार-हतार प्रधानमन्त्रीमा आफ्नै महासचिवलाई प्रस्ताव गर्दा त सरकार हात पार्न पो पार्टी फुटाएको देखियो त ?
हाम्रा दुई कुरा छन्- पहिलो राजनीतिक एजेन्डा। दोस्रो नेतृत्व। संविधानको अन्तर्वस्तुमा कुरा मिल्नुपर्छ भनेर पहिलेदेखि नै मैले भनिआएको हुँ। आज पनि यसैबारे कुरा भो। अन्तर्वस्तुमै कुरा मिलेन भने नेतृत्वको मात्रै कुरा भन्ने हुँदैन। त्यसैले केवल प्रधानमन्त्रीको मात्रै दाबी गरेका होइनौं, हामी रूपान्तरणकारी शक्ति हौं। यत्रो वर्ष लड्यौं पनि। यहाँसम्म आइपुग्दा पार्टी विभाजन पनि भयो। विभाजन वास्तवमा राजनीतिक एजेन्डामै भएको हो। अरु शक्तिसँग पनि समस्या समाधान गर्ने हो कि कुन हिसाबले जाने हो भनी सोधेका छौं। नयाँ ढंगले कसरी जाने भन्ने कुरा हो।
तपाईंहरूको उम्मेदवारलाई अरुले माने भने त सकिइहाल्यो। सुशील कोइराला वा प्रचण्डको नाममा अरु सहमत भए तपार्इंहरूको धारणा के हुन्छ ?
अहिले यस्तो तर्क नगरौं। हरेक पार्टीका आफ्नै प्रस्ताव र मान्यता छन्। आफूलाई दाबेदार ठान्ने कांग्रेसले त अझै नाम दिन सक्या छैन। त्यसकारण यसलाई बहसको प्रक्रियामा जान दिऊँ।
पार्टी नयाँ बनाउनुभो तर फुटको औचित्य पुष्टि गर्न नसकिराखेजस्तो लाग्दैन ?
हिजो जे उद्देश्यका लागि त्यतिखेरको माओवादी पार्टी बनेको थियो। आज त्यसका केही अगुवाले नयाँ जनवादको उद्देश्य छाडिसक्नुभो। हामी हिजो पनि नयाँ जनवाद भन्थ्यौं, आज पनि यही। नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने लक्ष्य छँदैछ। त्यसमाथि आज राष्ट्रिय स्वाधीनतासँग जोडिएका प्रश्न छन्। त्यसपछि पहिचानसहितको संघीयताको प्रश्न छ। उहाँहरू (एनेकपा माओवादी) ले त्यो पनि छोडिसक्नुभो। मुखले भन्नुहुन्छ तर व्यवहारमा छाडिसक्नुभएको छ। वर्गीय लैंगिक दलित यावत् समस्याको सम्बोधन गर्नुपर्छ भनेर भन्दै आएका छौं हामीले। वैचारिकरूपमा हाम्रो विभाजनको औचित्य प्रष्ट भएको छ। व्यवहारमा देखिन समय लाग्छ।
सशस्त्र संघर्षमा जानुपर्छ भन्ने कतिपय नेताको मत सुनिन्छ, तपार्इं के सोच्दै हुनुहुन्छ ?
पुरानो लोकतन्त्र जुन संसदीयरूपमा छ, त्यसलाई हामी स्वीकार्दैनौं। प्रचण्डजी र हाम्रो अन्तर यसैमा हो। त्यसपछि के गर्ने भन्ने त देश, काल र परिस्थितिअनुसार जाने कुरा आउँछ। हामी संसदीय चुनावलाई स्वीकार्न पनि सक्छौं, बहिष्कार पनि गर्न सक्छौं। संघर्षका विभिन्न रूप हुन्छन्। आवश्यकताअनुसार प्रयोग गर्छौं। सशस्त्र संघर्षको कुरा पनि त्यही हो। परिस्थितिअनुसार निक्र्यौल गर्छौंं।
त्यही निक्र्यौल गर्न पार्टी फुटाउनुभो। अब त निक्र्योल गर्ने परिस्थिति आइसकेन र भन्या ?
होइन, त्यो एकदमै गलत कुरा हो। सबभन्दा पहिलो कुरा राजनीति हो। त्यसपछि त्यो राजनीति प्राप्त गर्न के÷कस्ता साधन आवश्यक पर्छन् भन्ने कुरा सहायक हुन्।
तर, तपाईंलाई मानिसहरू साह्रै शास्त्रीय भनेर आरोप लगाउँछन् नि ?
मलाई शास्त्रीय कसले भन्छन् थाहा छ ? मार्क्सवाद छोड्नेहरूले। मार्क्सवादका आधारभूत मान्यता छाड्ने, संसदवादी राजनीति स्वीकार गर्नेहरूले। कम्युनिस्ट राजनीति छाडेर संशोधन गर्दै जानेहरूले मलाई शास्त्रीय भन्छन्। तपाईंलाई थाहा होला- अहिले उत्तरआधुनिकतावादको खुबै लहर चलेको छ। त्यहाँ नवमार्क्सवाद, उत्तरमार्क्सवाद भन्नेहरू थुप्रै छन्। यी सबैले मलाई ‘क्लासिकल' भन्छन् (हाँसो)। ‘अर्थोडक्स' मार्क्सवादी पनि भन्छन्। यसो भन्ने ठूलै समूह छ। क्रान्तिकारी मार्क्सवाद छाड्नेहरूले यो धारा बोकेर हिँडेका छन्। यो कुनै नयाँ कुरा होइन। अन्तर्राष्ट्रिय सन्दर्भमा पनि यस्तो भएको छ।
अब त प्रचण्ड-बाबुरामले नै तपाईंलाई शास्त्रीय भन्न थालिसक्नुभो ?
त्यही भन्ने हुँदा त हामी अलग भइयो नि (हाँसो)।
तैपनि यत्रो वर्ष सँगै लडेका साथीहरूले नै त्यसो भन्ने परिस्थिति कसरी निर्माण भो होला ?
विचार हामीले छाडेको होइन, उहाँहरूले हो। त्यो बेला पनि हामी नयाँ जनवाद भन्थ्यौं, अहिले पनि त्यही भन्छौं।
विचार गलत रहेछ, त्यसैले छोडौं भन्ने ठाउँमा पुग्नुभो कि ?
त्यो आफ्नो स्वतन्त्रताको कुरा भो।
तपार्इंले जति सिद्धान्तको कुरा गरे पनि तपार्इंहरू आर्थिक, भौतिक साधनस्रोतमा कुरा नमिलेर फुटेको भन्छन् नि ?
यसलाई मैले अलि सैद्धान्तिकरूपमै व्याख्या गर्नुपर्ने हुन्छ। प्रचण्ड र बाबुरामको वर्गउत्थान भयो। वर्गउत्थान भइसकेपछि उहाँहरूले सर्वहारा वर्गको विचार ग्रहण गर्न छाड्दिनुभो।
त्यसो भए बाबुरामसँग तपार्इंले बनाएको धोबीघाट गठबन्धनचाहिँ वर्गउत्थानविरुद्ध रहेछ, होइन ?
यो धोबीघाट गठबन्धनको कुरा पनि जहिल्यै आएको आएकै गर्छ (हाँसो)। म र प्रचण्ड मजाले बस्ने हो भने केही कुरा उठ्दैन। हामी एउटै स्थायी समितिमा बसेका मान्छे। प्रचण्डजीसँग बस्दा केही नहुने, बाबुरामजीसँग बस्दा घाटा हुने ? प्रचण्डजी र बाबुरामजी हामीलाई छाडेर मजाले बस्दा केही नहुने, बाबुरामजी र म बस्दा के/के न हुने !
धोबीघाट गठबन्धनबाटै बाबुराम प्रधानमन्त्री हुनु भो, पछि त पार्टी नै फुट्यो ?
होइन। बाबुरामजी र प्रचण्डजी जसरी वैचारिक राजनीतिकरूपमा एकरूपता मिलाएर जानुभएको छ, हाम्रो त बाबुरामजीसँग त्यस्तो अवस्था थिएन नि। धोबीघाटमा छलफल भएको प्रश्न भनेको बिलकुलै सांगठानिक हो। सांगठानिक क्षेत्रमा प्रचण्डले अलि मिच्नुभो। अलि बढी केन्द्रीकरण भो। यसरी जानुहुँदैन, जनवादी केन्द्रीयताको राम्रो अभ्यास गरेर जानुपर्छ, नयाँ ढंगको पार्टी बनाउनुपर्छ भन्ने कुरामा पो हाम्रो सहमति भएको हो।
पहिले प्रचण्ड कमजोर बनाउने, अनि बाबुराम स्वतः कमजोर हुन्छन् भन्ने तपाईंहरूको रणनीति त असफल भयो, होइन ?
होइन, होइन, होइन। त्यस्तो रणनीतिको कुनै कुरै होइन। हामी कोही पनि केन्द्रीय समितिभन्दा बाहिर थिएनौं। एक जना हुनुहुन्थ्यो- नरबहादुर (कर्माचार्य) दाइ। उहाँ संस्थापक सदस्य भइहाल्नुभो। केन्द्रीय समितिकै सदस्यको भेला गरेको हो। त्यस्तो भेला त प्रचण्डजीले आफ्ना मान्छेहरूसँग कति गर्नु भो कति। बाबुरामजीले पनि गर्नुभएको छ। त्यसलाई के भन्ने ?
जनविद्रोहको कुरा गर्ने र शान्ति संविधानको कुरा गर्ने कसरी एक ठाउँ बसे भनी त्यसबेला सबैले अचम्म मानेका थिए नि ?
सुन्नूस् न। प्रचण्डजी र बाबुरामजीमा सैद्धान्तिक फरक छैन भन्ने बुझिसकेपछि हामीलाई पनि के फरक प¥यो भन्नुस् न। प्रचण्डजीसँग कुरा गर्दा फरक नपर्ने, बाबुरामजीसँग फरक पर्ने कुरै होइन यो। प्रचण्डसँग कुरा गर्दाचाहिँ पवित्र भइन्छ भन्ने हो र ?
आखिर तपाईंहरूलाई झुक्याएर बाबुराम प्रधानमन्त्री बनिहाल्नुभो। भित्रभित्र इष्र्या लाग्यो होला होइन ?
उहाँलाई त्यस्तो भयो होला। हामी त रिसाएनौं।
नरिसाएको भए आफ्नो विचार समूहका मान्छे बाबुराम सरकारमा नपठाई सरकारको निर्णयमा सधैं विरोधमात्रै गर्नुभएको होइन र ?
घटना नै नाटकीय प्रकारको भयो क्या। धोबीघाटपछि बाबुरामजी र प्रचण्डजीको कुरा ठ्याक्कै मिल्न गयो। धोबीघाटपछि हामी सबै मिलेर बाबुरामजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्यौं। एक मतले पास पनि भयो। प्रधानमन्त्री पक्का भएपछि बाबुरामजीले शायद ठान्नुभो- प्रचण्डसँग नजिक हुँदा बढी सुरक्षित भइन्छ।
किन, बाबुरामले प्रचण्डसँग नजिक हुनुहुँदैन ? किन नहुने ? हुन्छ। तर हाम्रो प्रस्तावबाट प्रधानमन्त्री हुने भएपछि हामीसँग भन्दा पनि प्रचण्डसँग नजिक हुन जानुभो नि त।
त्यसोभए खास खिचातानी त आखिर प्रचण्डसँगै रहेछ भनी बुझ्दा के हुन्छ ?
त्यो त अब... (एकछिन अल्मलिए) त्यसरी बुझ्दा हुन्छ भन्नूस् न (लामो हाँसो)। त्यो भएरै त धोबीघाट पनि भयो नि। मिलेको भए त धोबीघाट हुनै नै थिएन। प्रचण्ड साह्रै आत्तिनुभएको थियो त्यो बेला।
बाबुरामले चलाखी गर्नुभएछ, तपाईंहरूलाई पनि उपयोग गर्नुभएछ, प्रचण्डलाई पनि ?
चलाखी त अब हेर्नूस्। जिन्दगीभर चलाखी भयो भने त राम्रो। एक दुईवटा घटनामा चलाखी गर्न सकेकामा चलाख भनिहाल्न त सकिन्न नि।
हुन त राजनीति भनेकै चलाखी त हो नि होइन र ?
चलाखी गरे वा नगरे पनि प्रचण्डजी र बाबुरामजीबीच मेल नै भो भने पनि हामीले आपत्ति मानिहाल्नुपर्ने कारण केही छैन। हाम्रो कुरा कहाँ हो भने जुन बेला हामीलाई पत्तै नदिई मधेसी मोर्चासँग चारबुँदे सहमति भो, त्यो सहमति गरिसकेपछि नै हाम्रो मतभेद बढेको हो।
बाबुराम सरकारलाई कसरी मूल्यांकन गर्नुभो त ?
सरकारका मूल काम दुइटा थिए- शान्ति प्रक्रिया अगाडि बढाउने र संविधान निर्माण गर्ने। गठबन्धन सरकारले दुवै काम गर्न सकेन। शान्ति प्रक्रियाका सन्दर्भमा जनमुक्ति सेनालाई विघटन÷विसर्जन ग¥यो। यस अर्थमा पूरै असफल भयो। संविधान निर्माणका सन्दर्भमा पनि आफैंले संविधान सभा विघटन गराउने प्रक्रियामा पु¥यायो। सरकार मुख्य कार्यभार पूरा गराउन असफल भयो। यो सरकार आफ्नो पार्टीको कार्यदिशा र लाइनको पनि विरुद्ध गयो। बिप्पा सम्झौता गराउने पार्टीको निर्णय नै थिएन। यो सरकार बन्नेबित्तिकै दसैं आयो। जनतालाई राहत दिऊँ भन्दा कब्जा जमिन किसान र मोहीलाई कुनै हिस्सा नदिई फर्काइदिने, स्थानीय प्रशासनलाई समेत प्रयोग गर्ने काम ग¥यो। यसरी पार्टी नीति उल्लंघन गर्ने काम ग¥यो । समग्रमा भन्दा सरकार कुनै पनि हिसाबमा सफल हुन सकेन।
शान्ति सम्झौतामै सेना समायोजन, व्यवस्थापन गर्ने भनेको थियो। कब्जा जग्गा पनि फर्काउने भनेको थियो। सम्झौतामा हस्ताक्षर गर्ने दलको एक उच्च नेताको हैसियतले तपाईंले त सरकारी कार्यान्वयनलाई स्वागत गर्नुपर्ने होइन र ?
होइन, समायोजन नै भएन नि त्यो त। त्यो त सरासर लगेर बुझाउने काम भयो। अनि जग्गा फर्काउँदा पनि किसानहरूलाई केही हिस्सा दिने भन्ने कुरा थियो। उहाँहरूले त किसानलाई नदिई नै फर्काइदिनुभो।
हिजो बनिसकेको सिद्धान्तको मात्रै कुरा गरेर आजको दैनन्दिन राजनीतिका प्रश्न कसरी सुल्झाउन सकिन्छ ?
दैनिक कुरामा हामीले ध्यान नदिने गरेका छैनौं। सिद्धान्त पनि सधैं स्थिर हुँदैन। सिद्धान्तमा जोड दिने, व्यवहारमा जोड नदिने मान्छे भनी मलाई भन्नेहरूले मार्क्सवादी कोणबाट आलोचना गरेको भए त एउटा कुरा हुन्थ्यो। त्यसो भन्नेहरू स्वयं मार्क्सवादी थिएनन् भनेचाहिँ के गर्ने नि ? जस्तो भन्नूस्, लोकतन्त्र। कुन लोकतन्त्रको कुरा गरेको हो ? कम्युनिस्ट र डेमोक्रेटहरूले व्याख्या गरेको परिभाषाबीच ठूलो अन्तर्विरोध छ नि। त्यसलाई कसरी मान्ने भन्नेबारे ऐतिहासिक पृष्ठभूमि छ। कम्युनिस्ट आन्दोलनभित्रको कमेन्ट पनि हेरुँ। उनीहरू कुन लोकतन्त्र मान्दैछन् ? उनीहरू त उही पुरानो लोकतन्त्र मान्दैछन्। पुरानै डेमोक्रेसी मान्नेहरूले मलाई सिद्धान्तको मात्रै कुरा गर्छ, व्यवहारको कुरा गर्दैन भन्छन्। सिद्धान्तलाई आफ्नै किसिमले समृद्ध गर्न खोजेका थिए भने त मजै हुन्थ्यो। प्रचण्डजीकै कुरा गर्नूस् न। हामी त जनताको लोकतन्त्रका लागि लडेको हो नि त। उहाँहरू त बुर्जुवा लोकतन्त्रतिर जानुभो। आफ्नो अडान छाडिसकेपछि चाहिँ आलोचना गर्न मिल्दैन। मेरा भनाइ त्यहाँ हो। यही लिकभित्र रहेर आलोचना गर्नु ठिक छ। बाहिर गएर आलोचना गर्न मिल्दैन। कांग्रेस वा अरुले आलोचना गर्ने कुरा आफ्नो ठाउँमा छ।
संसार र समाजलाई किन मार्क्सवादमात्रैको चश्मा लगाएर हेर्नुप¥यो ? अरु विचारको पनि त महŒव होला ?
त्यो मतलाई हामी सम्मान नै गर्छौं। उहाँहरूले पनि आफ्नो दृष्टिकोणमात्रै सही हो भन्नुभएन। मान्छेका आफ्ना आफ्ना आस्था हुन्छन्। कुनचाहिँ वैज्ञानिक छ भन्ने व्यवहारले देखाउँछ।
मार्क्सवादको समर्थन वा विरोध गरेकै कारण संसारमा त्यत्रा मान्छे मारिए। अझै पनि व्यावहारिक प्रयोग हुन बाँकी छ ?
मार्क्सवादको नाममा तपाईंले भन्न खोजेजति नै मान्छे मारिए भन्ने त मलाई लाग्दैन। धेरै किन बोल्नु, दोस्रो विश्वयुद्धकै उदाहरण दिन्छु। दोस्रो विश्वयुद्धमा हिटलरले मारेका मान्छे र अमेरिकाले जापानमा बम गिराएर मारेका मान्छे गन्नुहुन्छ भने कुन संख्या बढी हुन्छ ? कम्युनिस्टले त्यति धेरै मान्छे मारेका छैनन्।
कम्युनिस्ट भएकैले अरुबाट मारिएका पनि होलान् नि ?
होइन, कम्युनिस्ट त पछि आए। त्यसअघि भएका लडाइँलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ? इतिहास त लडाइँकै इतिहास त हो नि। महाभारतमा हेर्नुस् त। महाभारतको युद्ध हुँदा मार्क्सवाद त जन्मिएकै थिएन। युरोपमा ३० वर्ष युद्ध भो, मार्क्सवाद जन्मिएकै थिएन।
महाभारतको लडाइँलाई पनि यथार्थ मान्नुहुन्छ ?
ल, कयौं ऐतिहासिक पक्ष पनि छन् नि त महाभारतमा। किन छैनन् र !
महाभारतका पात्रका नाममा बनेका भगवान, मठमन्दिर आदि मान्नै हुँदैन, बहिष्कार गर्नुपर्छ भनेर त्यत्रो ‘जनयुद्ध' लड्नुभो। अहिलेचाहिँ मान्ने !
ऐतिहासिक भौतिकवाद हेर्नूस् न। हामी त त्यसलाई मान्छौं। पौराणिक कुरा थुप्रै होलान्, तर सत्य र ऐतिहासिक कुरा पनि छन्। पुरानोलाई मान्दैनौं भन्ने होइन, पुरानोको पनि संरक्षण गरेर राख्नुपर्छ भन्ने मान्यता राख्छौं। पुरानो मान्नैहुँदैन भन्नेहरू त शून्यवादी हुन्।
‘पुरानो'को संरक्षण प्रचण्डले गर्दाचाहिँ बुर्जुवा हुने, तपाईंहरूले गरेचाहिँ क्रान्तिकारी र जनवादी हुने ?
त्यो त पुरानो भन्ने पनि सापेक्षतामा हुने भो। इतिहासमा पुरानोको मूल्यांकन गर्नुहुँदैन भनेर हामीले कहाँ भनेका छौं र ?
तपाईंहरू जहिले पनि क्रान्ति भन्नुहुन्छ। तपाईंले सपना देखेको जस्तो क्रान्तिचाहिँ कहिले हुन्छ ?
हेर्नुस्, क्रान्ति त भइराखेको हुन्छ। निर्णायक विजय हुन अलि लामो समय लाग्छ। सामन्तवादविरुद्ध पुँजीवादी क्रान्ति अझै सफल भएको छैन। झन्डै सोह्रौ शताब्दीबाट सुरु भएको हो, पुँजीवाद। अहिले एक्काइसौं शताब्दी भइसक्यो। हाम्रो देशमा पुँजीवादी क्रान्ति अझै पूरा भएको छैन। लगभग पाँच सय वर्ष पुगिसक्यो। अनि कम्युनिजम हेर्नुस्। १८४८ सालमा हो कम्युनिस्ट घोषणापत्र निक्लेको। यति छोटो अवधिमा यसले त दुनियाँमा तहल्कै मच्चाइसक्यो। जीत हार भनेको लामो अवधिको कुरा हो। हामी कम्युनिस्ट क्रान्तिसँग डराउँदैनौं। अरु त अरु, हामी स्वयंले रोक्न खोजे पनि क्रान्ति त अन्तमा सफल भएरै छाड्छ। सचेतन ढंगले गरे अलि अगाडि पनि सम्पन्न हुनसक्ला, नत्र स्वतस्फूर्तरूपमा भए पनि भएरै छाड्छ। उत्पादक शक्तिको विकासले नयाँ उत्पादन सम्बन्धको माग त गर्छ-गर्छ। इतिहास हेर्नुस् त। सामन्तवाद, पुँजीवाद। त्यसपछि आउने त साम्यवाद नै हो। ऐतिहासिक भौतिकवादी कोणले हेर्दा यस्तो देखिन्छ।
कम्युनिज्म ल्याउँछौं भन्नेहरूको स्थिति देख्दा त साम्यवाद कहिल्यै पनि आउँदैन जस्तो देखिन्छ ?
एकदम आउँछ। त्यसका लागि समय लाग्छ। हामी घच्घच्याउँछौं नि (हाँसो)।
यो पुँजीवादी क्रान्ति सफल नभएकामा कम्युनिस्टहरूलाई कत्रो चिन्ता ? यति धेरै चिन्ता त स्वयं पुँजीवादी पनि गर्दैनन् होला ! (लामो हाँसो)। हो त्यो त। एकदम ठिक भन्नुभो। त्यसका पछाडि कारण छ। उत्पादक शक्तिको विकास नगरी वा त्यसले विभिन्न चरण पार नगरी अघि जान सकिँदैन भन्ने हाम्रो व्याख्या हो। हाम्रो देश अर्धसामन्ती अर्धऔपनिवेशी छ। यहाँ गर्ने भनेको पुँजीवादी क्रान्ति नै हो। बरु यो क्रान्ति गर्नुपर्ने त पुँजीपति वर्गले नै हो। अब के गर्ने, उनीहरू गर्न तयार छैनन् (हाँसो)।
आज खुब फर्मुलाको कुरा भो नि ?
हो, फर्मुला त सबै फर्मुला नै हुन् नि। नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद भन्छ। त्यो पनि फर्मुलै हो। नेकपा एमाले जनताको बहुदलीय जनवाद भन्छ, त्यो पनि त्यही हो। सबैका फर्मुला हुन्छन्। कुन सही र गलत भन्ने कुरा हुन्छ।
यसरी हेर्दा बाह्रबुँदे सहमतिको फर्मुलाचाहिँ कति सही निक्लियो ?
अहिले आएर हेर्दा गलत निक्लियो। त्यसको के काम देखियो र अब ?
गलत फर्मुला बोकेर यत्रो वर्ष हिँड्नुभएछ !
अब हो नै भन्नूस्। हामीलाई यो सबै कुरा थाहा थिएन। प्रचण्डजीले सिंगो पार्टीमा भन्नुभो, अब शहरमा गएर जनविद्रोह गर्ने हो। चुनवाङमा आएको कुरै त्यही हो। अझ भनुँ- त्यो प्रचण्डजी होइन, बाबुरामजीको प्रस्ताव हो। बाबुरामजीको कुरा त्यही बेला प्रचण्डजीले मानिहाल्नुभो।
हामीलाई थाहा भएन। उहाँहरूले के भन्नुभो थाहा छ ? ‘अब यो पाराले हुँदैन, शहरमा गएर जनविद्रोह नै उपाय हो।' त्यसमा ‘जिगज्याग' हुनसक्छ। जवाफदेही त पार्टी नै हो, नेतृत्व नै हो। अब अहिले यहाँ आइसक्दा कुरो त्यस्तो रहेनछ भन्ने प्रष्ट भयो। समझदारी गलत ढंगले गरिएको रहेछ भन्ने थाहा भो। चुनवाङको दस्तावेज हेर्नुस् न। ‘लोकतान्त्रिक गणतन्त्र आयो भने एकथरी त्यसैमा अल्झिन्छन्, हामीचाहिँ जनगणतन्त्रमा जाने हो' भन्ने छ। हो, हामीले प्रचण्डजीलाई सोध्ने पनि त्यहीँ हो। आयो त लोकतान्त्रिक गणतन्त्र ? अब जनगणतन्त्रमा जानुपर्दैन ?
लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लाग्नुभो होला नि त उहाँहरू ?
कम्युनिस्टहरूले लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने छैन। त्यो अर्काको नारामा गएको हो। आफ्नो नारा किन छोड्ने ? जनयुद्ध गर्दा लोकतान्त्रिक गणतन्त्रका लागि लडेको होइन। नयाँ जनवाद नै हाम्रो उद्देश्य थियो। कांग्रेस एमाले त्यसमै अल्झिए त ठिकै छ। हामीले त प्रचण्डजीको ताल हेरेर छक्क परेको स्थिति हो।
तपाईंको बडी ल्याङ्वेज हेर्दा प्रचण्डसँग साह्रै चित्त दुखेको रहेछ भन्ने बुझिन्छ।
दुखिहाल्छ नि। प्रचण्डजीलाई महान् बनाइयो नि त। सँगै खाइयो, हिँडियो।
महान् बनाएको तपाईंहरूले नै हो क्यारे !
बनाएको हो नि त। तपाईंलाई साँच्चै भनुँ- प्रचण्डजी आज यो रूपमा आइपुग्नुहोला भन्ने त हामीले सोचेका पनि थिएनौं। त्यही भएर बाबुरामजीभन्दा बढी आक्रोश उहाँप्रति नै छ। बाबुरामका नाममा हामीले कुनै पथ बनाएनौं। प्रचण्डपथ बनाएको हो हामीले।
अबचाहिँ किरणपथ बनाएर अलि दह्रै चालले लाग्ने होला !
लौ भो, मलाई किरणपथ चाहिया छैन (हाँसो)।
त्यसो गर्दा अलि पक्की पथ बन्थ्यो कि भनेर नि ?
(हाँसो)। होस् होस्, चाहिँदैन।
प्रचण्ड र बाबुराम नै मिलेर तुहाएका हुन् त जनयुद्ध ?
हो।
यसको नाइकेचाहिँ को ?
सुरुवातको कुरा गर्दा त प्रचण्डजीले नै हो। अन्तिममा बाबुरामजीले हो। यसको केन्द्रमा उहाँ हुनुहुन्छ। वैचारिकरूपले उहाँले नै ‘लिड' गरेको हो।
मानिसहरू अझै प्रचण्डकै प्रभाव ज्यादा छ भन्छन् ?
वैचारिकरूपमा त बाबुरामजीले नै लिड गरिराखेका छन्। आन्तरिक नेतृत्व र अवस्था के छ भन्ने हाम्रा लागि त्यति ठूलो कुरा भएन।
राष्ट्रपतिको सातदिने म्यादसहितको वक्तव्य आउँदाचाहिँ खुसी हुनुभएको होला !
राष्ट्रपतिको यो कदमलाई हामी दुई अर्थमा ग्रहण गर्छौं। सहमतिको सरकार बन्नुपर्छ र देशले निकास पाओस् भन्ने अर्थमा सकारात्मक पाटो छ। दोस्रो पाटोचाहिँ समयसीमा तुहिएको छ, निकास निक्लेन भने के गर्ने ? यस्तो बेला उहाँले कुनै कदम त चाल्नुहुन्न ? त्यसो भयो भने राम्रो हुँदैन। राष्ट्रपतिमा कार्यकारी शक्ति छैन भनेर हामी सतर्क भएका छौं।
बादल प्रधानमन्त्री हुने भए त समर्थन गर्ने होला नि ?
हैन, जो भए पनि सहमति हुनुप¥यो।
गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाऊँ भन्ने चर्चा पनि सुनिन्छ नि ?
दलीय व्यवस्थामा दलकै मान्छे भएको उपयुक्त हुन्छ। नत्र त दलीय व्यवस्था अफापसिद्ध भो भनेर पञ्चायत ल्याएजस्तो हुन्छ।
गैराराजनीतिक मान्छे आइहालेचाहिँ के हुन्छ ?
आइहाले त हामी कुनै व्यक्तिसँग दुश्मनी गरेर हिँड्ने कुरा आउँदैन। यत्ति हो- गलत प्रक्रियाबाट बनेका जो कोहीलाई पनि हामी समर्थन गर्दैनौं। सहमतिबाट प्रधानमन्त्री बनून्।
जेठ १४ गते संविधान बन्दैन भन्ने कुरा एमाओवादीलाई गत माघतिर नै थाहा भइसकेको थियो भन्छन् !
त्यही त हेर्नूस् न। हामीलाई केही थाहा भएन त्यो बेला। एउटै केन्द्रीय समितिमा भएर पनि थाहा भएन। विवाद थियो हाम्रो। प्रचण्डजी र कांग्रेस-एमालेका नेता मिलेर ११ प्रदेश बनाउने भन्नुभएछ। त्यो भूगोलका आधारमा संघीयता बनाउने कुरा थियो। जातीय पहिचानको अभावमा केवल भूगोलले मात्रै संविधान बन्दैन भनेर हस्ताक्षर अभियान चलायौं हामीले। हाम्रो पक्षमा बहुमत पुगिहाल्यो। प्रचण्डपक्षका साथीहरूले पनि त्यसमा हस्ताक्षर गर्नुभो। अरु दलकाले पनि हस्ताक्षर गरे। त्यसपछि भूगोलका आधारमा संघीयता भन्ने प्रचण्डजीको अडान सकियो। त्यसपछि उहाँले बोली फेर्नुभो। पहिचानसहितको संघीयताको पक्षमा छु भनेर एकदम देखिने प्रयास गर्नुभो। वास्तवमा उहाँले अडान छोडिसक्नुभएको थियो। अब हेनूर्स न, कतिपय मानिस कम्युनिस्टहरूलाई अधिनाकयवादी भन्छन्। यो प्वाइन्टमा त बाबुराम, प्रचण्ड, माधव (नेपाल), झलनाथ (खनाल), सुशील (कोइराला)लगायका नेताहरू ६०१ सभासद् भएको संविधान सभा छाडेर विवाद समाधान उपसमिति बनाउन लाग्नुभो। बेकारमा कसरत गरेको ग¥यै। किन ‘प्रोसेस' मा जान दिनुहुन्न भनेर प्रचण्डजीलाई मैले भनें। लोकतान्त्रिक कुरा त्यही हो। सभासद्मा जान नदिने, अनि उपसमितिका नाममा तानाशाही क्रियाकलाप गर्न खोज्ने। सबै नेता लोकतन्त्रसँग डराएका थिए त्यसबेला। त्यही भएर विवाद समाधान उपसमितिमा लगेर अड्काए विषयवस्तुलाई।
संविधान बन्न नदिने को हुन् ?
१४ गते म्याद सकिन्छ भन्ने सबैलाई थाहा छँदै थियो। जसले हामी समाधान गर्छौं भनेका थिए, तीन दलका तीन शीर्ष नेता। प्रचण्ड, झलनाथ, सुशील। उनीहरू नै हुन् भनेर बुझ्नुहोस्।
प्रचण्ड त्यसबेला तपाईंका अध्यक्ष हुनुहुन्थ्यो, त्यस अर्थमा तपार्इं पनि जिम्मेवारै हुनुहोला नि ?
एक अर्थमा त हो। तर मैलेचाहिँ विरोध गरिराख्या थिएँ। कांग्रेसका साथीहरूलाई लाग्या थियो, यो प्रचण्डलाई गलाउन सकिन्छ भनेर। त्यही भएर विवाद समाधान उपसमितिमा सब ठिकठाक पारेर जान खोज्नुभएको थियो। प्रचण्ड पनि त्यसपछि दुईखाले कुरा गर्न थाल्नुभएको थियो। घरि पहिचानसहितको संघीयता भन्ने, घरि कांग्रेसकै कुरा मान्ने। बिग्रेकै त्यहीँ हो।
भोलि प्रचण्ड सच्चिन्छु भन्नुभो भने मिल्ने ?
भोलिको कुरा के हुन्छ, त्यो अहिले भन्न सकिन्न। हामी एजेन्डा हेर्छौं। सच्चिनुपर्छ।
प्रचण्डलाई यही प्रश्न सोध्यो भने किरणहरू सच्चिनुपर्छ भन्नुहोला नि ?
(हाँसो) हामीले त्यसरी मान्ने कुरा आउँदैन। यसको अर्थ के हो भने एकता हुँदैन।
मार्क्सवादी दर्शन, साहित्य र सौन्दर्यशास्त्रका ज्ञाता मानिने नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँगसँग नागरिकका बसन्त बस्नेत र स्वरूप आचार्यले गरेको कुराकानी । सौजन्यः नागरिक दैनिक

प्रकाशित मिति:
December 02, 2012