• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » सोलुका दुई सय बयालीस घर झिलिमिलि
सोलुका दुई सय बयालीस घर झिलिमिलि

पुस १ – घरमा पहिलोपटक बिजुलीको उज्यालो छाएपछि यतिबेला देउसाका कुविर राईको खुसीको सीमा छैन । कुविरजस्तै सीता कार्कीको खुसी पनि उस्तै छ ।


बिजुली बाल्दा त साँझमा पनि कुखुराले चारो देख्दोरहेछ । बिजुलीको कारण देउसा गाविस– ५, ६, ७ र ८ का २४२ घरमा खुसी छाएको छ । यसअघि मट्टीतेलको टुकी तथा दियालो बालेर साँझमा उज्यालो खोज्ने उनीहरू बिजुली बाल्न पाएपछि खुसी भएका हुन् ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले शनिबार आयोजनाको उद्घाटन गर्दा देउसावासी खुसीले नाचे, गीत गाए अनि बिजुली बाल्न सहयोेग गर्ने तथा प्रयास गर्नेलाई फूलमालाले स्वागत तथा सम्मान गरे ।

रु ७३ लाखको लागतमा सुम्बुखोला लघु जलविद्युत् प्रणालीको निर्माण कार्य सम्पत्र भएको हो । सो प्रणालीका लागि ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट रु २३ लाख ५० हजार, गाविसबाट रु सात लाख ३३ हजार, जिल्ला विकास समितिबाट रु तीन लाख ६५ हजार, सामुदायिक लगानी कोषअन्तर्गत २४२ घरधुरी उपभोक्ताबाट प्रतिघर रु पाँच हजारका दरले रु १२ लाख १० हजार प्राप्त हुनुका साथै रु २७ लाख ४२ हजारबराबरको श्रमदान गरिएको थियो ।

आयोजनाबाट उत्पादन भएको २२ किलोवाट विद्युत् उनीहरूले हाल बत्ती बाल्न मात्र प्रयोग गरेका छन् । अब चाँडै दिउँसो मिल चलाउने र त्यसबाट जाँतो घुमाउने समस्या टर्ने आयोजनाका अध्यक्ष रामसङ्घर्ष थुलुङले बताए राससमा उल्लेख छ ।

प्रकाशित मिति: December 16, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |