• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » भालुको आक्रमणबाट पाँचजना घाइते
भालुको आक्रमणबाट पाँचजना घाइते

पुस १५ – परासीको गोछडामा भालुको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।



दाउरा खोज्न जङ्गल गएको बेला उनीहरूलाई भालुले आक्रमण गरेको बताइएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ भने बाँकी तीनजनाको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

भालुको आक्रमणबाट कुमारवर्ती– ७ गोछडाका ६० वर्षीय नन्दकली पौडेल, अग्यौली– ४ गोडारका ६२ वर्षीय जेदुनाथ पाण्डे, सोही ठाउँकी टीका कुमारी, हरिकला अधिकारी र कुमावर्ती– ६ की ५८ वर्षीया रुकमिना लामिछाने घाइते भएका हुन् ।

जाडोयामको सुरुवातसँगै नवलपरासीको दक्षिणी भेगमा पर्ने निकुञ्ज नजिकका बासिन्दालाई सास्ती हुने गरेको छ । कहिले जङ्गली जनावर बस्तीमा पसेर आतङ्क फैलाउने त कहिले बालिनाली नष्ट गरिदिने हुनाले यस भेगका बासिन्दाले आफूहरू असुरक्षित भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: December 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |