पत्रकारको मोटरसाइकल चोरियो
नेपाल पत्रकार महासङ्घ रौतहटका सदस्य रञ्जन खरेलको मोटरसाइकल घरबाट चोरी भएको छ ।
फटुवा हर्साहा गाविस–९ दुधिअवाँ टोलस्थित आफ्नो घरमा राखिएको बा१३प २५४४ नम्बरको होन्डा साइन मोटरसाइकल आइतबार बिहान ३ बजे चोरी भएको पत्रकार खरेलले बताउनुभयो ।
मोटरसाइकलको एक भाग घरको दक्षिणपट्टि करिब सय मिटरको दूरीमा फ्याँकिएको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँका प्रहरी निरीक्षक विमल शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चोरी भएकाबारे अनुसन्धान सुरु गरिसकिएको छ । यस वर्ष रौतहटमा २५ भन्दा बढी मोटरसाइकल चोरी भएको र पाँच मोटरसाइकल चोर समातिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति:
December 02, 2012