आगलागीबाट आठ लाख बराबरको क्षति
मंसिर १७ – रौतहटको सन्तपुर दोस्तीया गाविस–७ मा आगलागी हुँदा रु आठ लाख बराबरको धनमाल क्षति भएको छ ।
धन्ही राय यादवको घरबाट शनिबार राति ११ बजे आगलागी हँुदा उहाँको घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाले जनाएको छ । यादवको घरमा रहेको धान, गहस, लत्ताकपडा, भाँडाकुडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुनाका साथै छिमेकी जालन्धर राय यादवको घरमा रहेको एक हल गोरु जलेर मरेको छ ।
उक्त गोरुको मूल्य रु अहिले ८० हजार रहेको पीडित यादवले बताउनुभयो । सोही आगाले महन्थ राय यादवको आधा घर जलेको दोस्तीया इलाकाका प्रहरी नायब निरीक्षक शम्भु भण्डारीले बताउनुभयो । आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घन्टाको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित मिति:
December 02, 2012