अमेरिकी संसद हाउस अफ रिप्रजेन्टेटिभले डिभी भिसा बन्द गर्ने पक्षमा मतदान गरेको छ । हाउसमा भएको मतदानमा बिधेयकको पक्षमा २ सय ४५ मत परेको थियो ।
बर्षको वर्षको ५५ हजारको संख्यामा विभिन्न देशका मानिसलाई अमेरिका लाने गरीएकोमा अब सो प्रक्रिया हट्न पनि सक्ने सम्भावना बढेको हो ।
अब त्यो संख्याको भिसा उच्च प्राविधीक शिक्षा लिएका विदेशमा जन्मेका विद्यार्थीलाई दिने पक्षमा मतदान भएको छ ।
सन् १९९० मा कानुन बनेपछि डिभी चिट्ठाको सुरुवात सन् १९९५ मा भएको थियो । डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार प्राप्त ‘ग्रिनकार्ड’ पाउँदै आएका छन् । सन् २००२ पछि नेपालका २९ हजार ८ सय ९५ जना डिभीबाट अमेरिका पुगेको तथ्याङ्क छ ।
शुक्रबार तल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने पक्षमा मत दिएपनि यसको कानुनीरुपका लागि भने माथिल्लो सदन सिनेटले अनुमोदन गर्नुपर्नेछ । एक सय सदस्यीय सिनेटमा डेमोक्रयाट् पार्टीको बहुमत रहेकोले रिपब्लिकनहरुको यो योजना साकार हुने संभावना भने झिनो छ ।