• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » सुदूरपश्चिम दुर्घटनामा १ सय २९ को ज्यान गयो
सुदूरपश्चिम दुर्घटनामा १ सय २९ को ज्यान गयो

रमेश भट्टराई माघ २ – वैशाख महिना यता सुदूरपश्चिममा सवारी दुर्घटनामा परि १ सय २९ जनाको ज्यान गएको छ ।


ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा २०६९ बैशाख यता मात्रै सुदूरपश्चिममा १ सय ५ सवारी दुर्घटना भएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

जसमा २ सय ७२ जना घाईते भएका छन् । घाईतेरु धेरै अंगभंग छन् । शनिबार डोटी छतिवन गाविसको रुपसकाँडामा भएको बस दुर्घटना २०५२ साल पछि यस क्षेत्रमा भएको सबैभन्दा ठुलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रमोद पोखरेल सुदूरपश्चिममा सवारी दुर्घटना बढ्नुमा जिर्ण सडक, भौगोलिक कारण, यान्त्रीयक कारण र मानविय कारण भएको बताए ।

सुदूरपश्चिमको मुख्य राजमार्ग भिमदत्त, डाक्टर केआईसिंह ,पहलमान सिंहको सडक खण्डमा खाल्टा खुल्टी रहेका छन् ।

असार मसान्तमा आएर मर्मतका लागि टेन्डर खोलिदा कहिल्यै काम पुरा हुन नपाउँदा समेत समस्या भएको सुदूरपश्चिम सडक डिभिजन कार्यालय दिपायलका इन्जीनियर मानसिंह धामीले बताए ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |