• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » युएईमा वर्षको सुरुमै ३ जना नेपालीको मृत्यु, गतवर्ष ५७ ले ज्यान गुमाए
युएईमा वर्षको सुरुमै ३ जना नेपालीको मृत्यु, गतवर्ष ५७ ले ज्यान गुमाए

उमाकान्त पाण्डे "गाउंले", युएई - युएईमा यस वर्षको सुरुको दुई हप्ता बित्न नपाउदै ३ जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेको सम्पूर्ण जानकारी घरसम्म नदिएकोले नाम विवरण सार्वजनिक गरिएको छैन ।



सम्युत्त अरब एमिरेट्स यूएईमा गत बर्षमा ज्यान गुमाउने नेपालीको सख्या ५७ पुगेको छ । यसअघि सार्वजनिक गरिए अनुसार ५५ जना नेपालीको मृत्‍यु भएको उल्लेख थियो । तथ्याकं सार्वजनिक भए लगत्तै मृत्‍यु भएर दर्ता हुन बाँकी रहेका अन्य २ को पनि विवरण दर्ता गराए पछि यो सख्या बडेर ५७ पुगेको हो । मृत्‍यु हुनेमा ५६ जना पुरुष छन भने १ मात्र महिला कामदार छन् ।


दुतावासको तथ्याकंमा उल्लेख गरिए अनुसार कार्यक्षेत्रमै दुर्घटनामा परी २ र सडक दुर्घटनामा १० र अन्य ३ जना गरि १६ जनाको मृत्‍यु भएको उल्लेख छ । त्यस्तै हृदयघातका कारण ३६ र आत्महत्या गरी ५ जनाले ज्यान गुमाएको दुतावासको तथ्याकंमा उल्लेख छ ।


जम्मा ३ लाख बडी नेपाली कार्यरत रहेको भनिने युएईमा रोजगारीका लागि आउने नेपालीको सख्या दैनिक बड्दो छ । सख्या बडे सगैं विगत ३ बर्षको तथ्याकंले नेपालीको मृत्‍यु घटेको पुष्टि गरेको छ । दुतावासको तथ्याकंले मृत्‍युहुने नेपालीको सख्या घटेको देखाएको हो ।


'नेपालीहरूको युएइमा मृत्यु हुने क्रम क्रमिक रूपमा घट्दै गएको भए पनि अपेक्षित रूपमा घट्न सकेको छैन'नेपाली दुतावास यूएईका द्वितिय सचिव लोक बहादुर थापा क्षेत्रीले भने । उनका अनुसार यूएईमा सन् २०१० मा ८८ जना तथा २०११ मा ६७ जनाको मृत्यु भएको थियो ।


यूएईको दुबइ रोजिरिटीका लागि आउने नेपालीका लागि राम्रो गन्तब्य मानिन्छ । अझै पनि दिनहु केयौ नेपाली भित्रिने क्रम जारी छ । नेपाल सरकारले युएईमा भिजिट भिसामा आउने क्रम रोकेको छ । यद्यपी बिभिन्न "सेटिङग" मार्फत भिजिट भिसामा दुबइ आइ रोजगारी खोजेर काम गर्ने क्रम रोकिएको छैन ।

बैधानिक हिसाबमै नेपालीलाई सहजरुपमा आवात जावत गर्न दिईयोश भनेर दुतावासले पररास्ट्रलाई यस् बारे पत्र मार्फत पठाएका छौ, दुतावासका उप नियोग प्रमुख दिपक अधिकारिले भने । अधिकारिले भने "यस् बारे केही नितिगत निर्णय भयो भने दुतावासले सहयोग गर्न सक्ने छ , आम सर्वसाधारणको सहजताका लागि पहल गरिरहेका छौ"।


नेपाली कामदारहरु बढ्दै गएपछि विभिन्न समस्याहरु पनि बढ्नु स्वभाविक हो, "नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा यस बर्ष २०१२ मा कमी आउनु खुशीको कुरा हो" नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले भने । "यस् अकंलाई सुन्यमा झार्नु पर्छ त्यसका लागि सचेतना मुलक कार्यमा जोड दिनु आबश्यक छ" ढकालले भने ।


सन् २०१० मा मृत्यु हुनेमा ८८ जना र सन् २०११ मा घटेर ६७ जनामा झरेको तथ्याक अहिले ५७ पुग्नु केही सुधारको सकेतं हो तर नयाँबर्षको पहिलो २ हप्तामै ३ जनाको मृत्‍युहुनुले यस् बर्षको तथ्याकं बढ्ने सकेत गरेको समाजसेवी राजु खड्काको धारणा छ । यूएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म सजाय भोगिरहेका छन । जेलमा परेका २ जनामध्ये अमरबहादुर बम र दुर्गाबहादुर सुनारलाई यूएई सरकारले मृत्‍युदन्डको सजाय समेत सुनाएको छ ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |