• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अब पनि राजनीतक दलले सहमति नगरे राष्ट्रपति जनतासमक्ष जाने
अब पनि राजनीतक दलले सहमति नगरे राष्ट्रपति जनतासमक्ष जाने

माघ २ – राष्ट्रपति डा. रामवरण यादवले अब समेत राजनीतिक दलका नेताले  सहमति नगरे जनतासमक्ष जाने बताएका छन्।

राष्ट्रपति निवासमा पुगेका राजनीतिक दलसँगको छलफलमा राष्ट्रपति यादवले भने ‘७ दिनमा पनि सहमति भएन भने मैले मेरो कुरा जनताका बीचमा राख्न पाउनुपर्छ ।’ भन्ने प्रसताव अगाडि सारेका हुन् ।

दललाई मंसिर देखि लगातार समय तोकेर माघ १ गतेसम्म समय दिए पनि नेताहरुले सहमति गर्न नसकेपछि राष्ट्रपति यादवले मंगलबार यस्तो बताएका हुन् । राष्ट्रपति यादवले अन्तरिम संविधान २०६३ को धारा ३८ (१) अनुसार सहमतीय सरकार निर्माणका लागि आह्वान गर्दै आएका थिए । यादवले पटक पटक गरेर ९ पटक थपेको समय माघ १ गतेबाट सकिएपछि आज १८ दलका बीचमा भएको छलफलमा राष्ट्रपति यादवले समय नतोकिए पनि आगमी एक हप्ताभित्रमा सहमति गर्न आग्रह गर्न भने छुटाएनन् ।

बैठकमा उपस्थित प्रधानमन्त्री डा.बाबुराम भट्राईले राजनीतिक दलका बीचमा सहमति भए आफू त्यसको बाधक नहुने बताउँदै बैठककै बीचबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |