• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेकपा–माओवादीको केन्द्रिय सदस्य ५१ सदस्यीय, परिषद भंग
नेकपा–माओवादीको केन्द्रिय सदस्य ५१ सदस्यीय, परिषद भंग


माघ २ – नेकपा–माओवादीको राजधानीमा जारी महाधिवेशनमा अध्यक्ष मोहन वैद्यले ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पेस गरेका छन् ।


प्रस्तावित ५१ केन्द्रीय सदस्यमा ४३ जनाको नाम महाधिवेशनमा पढेर सुनाइएको छ भने बाँकी ८ जना पछि केन्द्रिय समितिले मनोनित गर्ने बताइएको छ ।

आज नाम पढेर सुनाइएकाहरु पूरानै ४३ जना रहेका छन् । पुराना केन्द्रीय सदस्यमध्ये कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्मालाई हटाइएको छ । नयाँ केन्द्रिय समितिको नाम प्रस्तुत गर्दै अध्यक्ष वैद्यले उनीहरुले पार्टीलाई सानो र सुस्च दुरुस्त बनाउन स्वइच्छाले बाहिर बसेर काम गर्न चाहेको बताए ।

माओवादीको प्रज्ञा प्रतिष्ठानमा जारी सातौँ महाधिवेशन सोमबार सकिने भनिए पनि नयाँ नेतृत्व विवादका कारण दुई दिन लम्बिएको हो ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले तीनसय बढी केन्द्रीय सदस्यको प्रस्ताव गरेपछि पदाधिकारी बैठक तथा केन्द्रिय समितिको बैठक बसेर ५१ सदस्यीय हुनुपर्ने प्रस्ताव अगाडि सारिएको बताइएको छ ।

परिषद भंग
दुई महिना अगाडी नै कार्यकर्तामाझ पेस गरिएको दस्तावेजमा परिषद बनाउने प्रस्ताव गरिए पनि कार्यकर्ताले परिषद हटाउन माग गरेपछि हिजै अध्यक्ष वैद्यले परिषद भंग भएको घोषणा गरेका छन् । सो सँगै माओवादीमा परिषद नबनाइने भएको छ ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |