• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वृद्धको उपचारका क्रममा मृत्यु
वृद्धको उपचारका क्रममा मृत्यु

माघ , रासस – तनहुँको बन्दीपुर गाविस वडा नं ६ स्थित विमलनगरमा नम्बर नखुलेको एक सवारी साधनले सोमबार साँझ ठक्कर दिँदा घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको आँवुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा सख्त घाइते भएका सोही वडा निवासी ७५ वर्षीय इन्द्रबहादुर थापाको सोमबार राति डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनापछि आक्रोसित स्थानीयवासीले पृथ्वीराजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग भएको झडपमा परी पाँच जना प्रहरीसमेत सामान्य घाइते भएका छन् । ठक्कर दिने सवारी साधनको खोजी कार्य तीव्र पारिए पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा तीन वटा बस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |