• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बिहानैदेखि पाल्पामा तनाव, अनिश्चितकालिन कर्फ्यू, झडपमा १८ पुलिससहित ३ दर्जन घाइते
बिहानैदेखि पाल्पामा तनाव, अनिश्चितकालिन कर्फ्यू, झडपमा १८ पुलिससहित ३ दर्जन घाइते

माघ ७ – हत्यालाई कारबाही गर्न मागको विषयमा पाल्पाको रामपुरमा तनाव उत्पन्न भएपछि त्यहाँ कर्फ्यू लगाइएको छ ।


रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयमा तनाव उत्पन्न भएपाछि आज बिहानैदेखि स्थानीय र प्रहरीबीच त्यहाँ झडप समेत भएको छ । झडपमा परी १८ जना प्रहरीका साथै तीन जना प्रदर्शनकारी घाइते समेत भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि त्यहाँ आज दिउँसो तीन बजेदेखि अनिश्चितकालिन कफ्र्यू लगाइएको हो ।

आज त्यहाँ आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षालयमा आगजनी गरेपछि प्रहरीले ६५ राउण्ड हवाइ फायर गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छन् ।

हत्यारालाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेपछि त्यहाँको स्थिति नियन्त्रण लिन पाल्पा, पोखरा र बुटवलबाट प्रहरी मगाइएको बताइएको छ ।

प्रकाशित मिति: January 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |