• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सोल्टिमोडमा ३ वर्षिय छोरीलाई बलात्कार गरेको अभियोगमा बाउ पक्राउ
सोल्टिमोडमा ३ वर्षिय छोरीलाई बलात्कार गरेको अभियोगमा बाउ पक्राउ

पुस २० – दिनहुँ जसो महिला हिंसाका घटनाहरु बढीरहेका बेला राजधानीको सोल्टीमोडबाट आफ्नै नाबालिका छोरीमाथि यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।


आफ्नै ३ बर्षीया छोरीलाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने नुवाकोट जिल्ला चाउथे–६ घर भएका ४० बर्षीय ईन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

निजले पुस १८ गते राति नाबालिका छोरीलाई उक्त कार्य गरेको भनी बालिकाकी आमाले पुस १९ गते प्रहरीलाई जानकारी गराएपछि खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीलले जनाएको छ ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |