• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » १७ बर्षपछि १२ हजार ८ सय ९० दरबन्दीमा विज्ञापन खुल्ला
१७ बर्षपछि १२ हजार ८ सय ९० दरबन्दीमा विज्ञापन खुल्ला

पुस २० - झण्डै १७ बर्षपछि शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेका पदमध्ये १२ हजार ८ सय ९० दरबन्दीमा स्थायी पदपुर्तिका लागि खुल्ला विज्ञापन गरेको छ ।


सरकारले २०५२ सालयता खुला प्रतियोगिताबाट शिक्षक नियुक्ति गरेको थिएन । १७ बर्षपछि गरिएको विज्ञापनबाट सामुदायिक विद्यालयमा प्रतिष्पर्धाका माध्यमबाट योग्य, सक्षम र शिक्षण पेशमा प्रतिवद्ध शिक्षकको व्यवस्था भई गुणस्तरीय शिक्षाका लागि योगदान पुग्ने आयोगले अपेक्षा गरेको छ ।

आयोगका प्रशासकीय अधिकृत खगेन्द्र नेपालले गत २०६३ बैशाख १० गतेसम्म अस्थायी शिक्षकहरु कार्यरत रहेका पदहरु यथावत् राखी त्यसपछिका रिक्त पदमा विज्ञापन गरिएको जानकारी दिए ।

आयोगका अनुसार माध्यामिक तहमा दुई हजार २ सय ७६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा सात हजार ८ सय ७७ पदमा विज्ञापन गरिएको छ ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |