• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » महाधिवेशनको २ दिन अगाडी माओवादी डोटी इन्चार्ज निलम्बित
महाधिवेशनको २ दिन अगाडी माओवादी डोटी इन्चार्ज निलम्बित

पुस २५– नेकपा–माओवादीका डोटी इन्चार्ज चन्द्रदेव ओझालाई पार्टीले कारबाही गरेको छ ।



मोहन वैद्य नेतृत्वको माओवादीका डोटी इन्चार्ज ओझालाई आर्थिक अनियमितता गरेको आरोपमा पार्टीले महाधिवेशन सुरु हुन एक दिन अगाडी कारबाही गरी पार्टीबाट निलम्बन गरिएको हो ।

सेती महाकाली राज्य कार्यालयको मंगलबार साँझ बसेको विस्तारित बैठकले ओझाले पार्टी भित्र गुटबन्दी गरेको, अन्य पार्टीसंग साँठगाँठ गरेको, आर्थिक अनियमितता गरेको साथै पार्टी नीति, निर्देशन र आचरण विपरित कार्य गरेकोले विधानको धारा २२ को उप धारा १ बमोजिम केन्द्रीय कार्यालय र ब्यूरो कार्यालयको अनुमति लिई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा उनको विषयमा तत्काल छानविन प्रक्रिया अगाडि बढाई थप कारबाहीको लागि अघि बढ्ने निर्णय गरिएको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |