• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » बलात्कारी एक गिरफ्तार, एक फरार
बलात्कारी एक गिरफ्तार, एक फरार

पुस २५ – दुई बालिकालाई बलात्कार गर्ने दुईमध्ये एकलाई प्रहरीले गिरफ्तार गरेको छ भने एक अझै फरार छन् ।


दक्षिणी धादिङको नौबिसे गाविस–४ जुगेडीमा एक बालिकालाई बलात्कार गर्ने युवकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले आज बिहान गिरफ्तार गरेको हो ।

नौ वर्षीयालाई शनिबार बलात्कार गरी फरार भएका दीपेश राईलाई स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

घरमा बसिरहेकी बालिकालाई ललाइफकाइ खानेकुरा दिएपछि बलात्कार गरेका राई घरबाट भागेका थिए । स्थानीयवासीले अभियुक्तको खोजी गरी प्रहरीलाई बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार राईलाई बालिकालाई बलात्कारर गरेको अभियोगमा मुद्दा चलाइने छ ।

यसैगरी मैदी गाविस–९ की आठ वर्षीयालाई बलात्कार गरेर फरार भएका स्थानीयवासी ६५ वर्षीय साने सार्कीलाई अझै पनि प्रहरीले गिरफ्तार गर्न नससकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |