जति क्लिक उति पैसा, जति सेक्स उति क्लिक
लुइटेल दिनेश, काठमाडौ
हिरो== हिरोनी== अङ्ग्रेजीमा== नायक==नायिका== नेपालीमा । यी सबैका साझा सम्पत्ति < सबैका आफन्त । सबैका प्रिय । दुनियाका आँखाका नानी । फिल्मकर्मीलाई भेटेपछि सञ्चारकर्मी शान्त== चलचित्र सम्बन्धी समाचार सामाग्री प्रशार गर्ने छापा माध्यमका नाम अब सेक्समाध्यम बनेका छन् । एउटा ;लभ’ दैनिक । अर्को ‘सेक्स’ साप्ताहिक । पल्लो ‘लभ इज राइट’ पाक्षिक । तल्लो ‘सेक्स लाइफ’ मासिक । निरन्तर प्रिन्ट भइराखेका छन् ।
उता अनलाइन पत्रिकाका नाम उस्तै छन् । ३ डब्लु किस डटकम । ३ डब्लु टङ किस डटकम । ३ डब्लु सेक्स डटकम । ३ डब्लु सेक्स प्लस डटकम । ३ डब्लु सुपर सेक्सुअल डटकम । ३ डब्लु फस्ट किस डटकम । ३ डब्लु लास्ट किस डटकम । ३ डब्लु फस्ट सेक्स डटकम । ३ डब्लु सेकेन्ड सेक्स डट कम । प्रत्येक युवाले अनलाइन चलाएका छन् । सञ्चारकर्मी भएका छन् । बाफरे बाफ मैले दुई चार नाम मात्र लिएको अनलाइन पत्रिकाको । कति छन् कति== नाम लिएर साध्यै छैन अनलाइन पत्रिको < नाम राख्ने पुरेतको खाँचो भएर होला, एउटाले पुच्छर र अर्काले सिङ जोडेर नाम राखेका छन् । विभिन्न सामाग्री अटाएका छन् ।
यी पत्रिकाका पत्रकार सञ्चारकर्मी फिल्मकर्मीकहाँ पालैपालो जान्छन् र सोध्छन् । तपाईको लभ < कतिजनासँग लभ < लभका रोमाञ्चक अनुभूति < पहिलो डेटिङ < पहिलो टङ किस < पहिली प्रेमिका÷प्रेमीसँगको विछोड < दोस्रो लभको कथा < कतिजना सँग सेक्स < सेक्स के जस्तो लाग्छ < कति वर्षमा सेक्स गर्नुभयो < पहिलो सेक्सको अनुभूति < टङ्क किस कति घन्टासम्म गर्न सक्नु हुन्छ < निरन्तर सेक्स गर्नुपरे कति समय चाहिन्छ < सेक्स साथी कति छन् < दुईटा अथाव दुईटी विवाहा गरेको भए, अझै थप्ने योजनामा हुनुहुन्छ की < -अविवाहित भए_ विवाहा गर्ने मन छैन < आदि इत्यादि प्रश्न सोध्छन् । रेकर्ड गर्छन् । अनि लेख्छन् । उदाहरण पेश गरौँ अनलाइन फिल्म पत्रिकाका हेडलाइनको M
सुपर स्टार==को तीन घन्टे टङ किस -भिडियो सहित_
सर्वाधिक रुचाइएकी नायिकाका आकर्षक सेक्स सिन -भिडियो समेत हेर्न सकिने छ_
सेक्सी नायिका नाङ्गीएपछि क्यामेरा छोडेर फरार क्यामेरापर्शन -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्_
निरन्तर २४ घन्टा सेक्स गर्न सक्छन रे नवनायक==-एक्ससुअल अन्तर्वार्ता_
कलियुगका कृष्ण रहेछन् युवा नायक==यथार्थ भिडियोले देखाउँछ
पोन स्टारलाई उछिन्ने दृश्य दिदै नव नायिका==फोटो फिचार
यस्तै उत्तेजक हेडलाइन जुराउँछन् सञ्चारकर्मी । यही ताल हो भने यी ‘सञ्चारकर्मी’को पहिचान अब कसैको ‘सेक्सकर्मी’ त कसैको ‘किसकर्मी’ मा परिणत हुन धेरै दिन कुर्नु पर्दैन । जति क्लिक उति पैसा, जति सेक्स उति क्लिक अनलाइनले यी ‘सञ्चारकर्मी’लाई ‘सेक्सकर्मी’ बनाइराखेको छ । सञ्चारकर्मीका सोचाइ अनौठा अनौठा छन् ।
पाठकले आफ्नो अनलाइन साइडलाई साँच्चै भिजिट गरेनन् भने सामान्य दृश्यलाई यस्तो हेडलाइनमा सजाउँछन
‘खोल्नु पर्ने सबै खोलिन नायिकाले -१४ वर्ष मुनिकालाई हेर्ने अनुमति छैन_
यो कोष्ठ भित्रको वाक्यले सबैलाई हेर्न काउकुती लगाउँछ । सबैले एक एक पटक हेरिदिएपछि के चाहियो < अनलाइन पत्रिकाहरु सूचना सामाग्री दिने बाटोमा होइनन् । सञ्चारकर्मीको काम त आकर्षक शीर्षक राखेर सबैलाई झुक्याउँने खेती सुरु गरेका छन् । यस्तो प्रवृत्तिले अनलाइनका भिजिटर कति टिक्लान भन्ने कसले सोचेको छ <
अनलाइनले यस्ता सामाग्री दिएपछि प्रिन्ट पत्रिका फिट्टो बिक्दैनन् । लगानीकर्ता रोइराखेका छन् । अत्याउनुसम्म अत्याए अनलाइनले । प्रिन्टको बजार नदेखेपछि सबै प्रिन्ट अनलाइन भएका छन् । ‘सञ्चारकर्मी’ अनलाइन प्रवेश सँगै ‘सेक्सकर्म’ सुरु गरिहाल्छन् । आइटम डान्सका आकर्षक सिन ल्यायो । अप्लोड गर्यो बस्यो । आज यतिले क्लिक गरे भोलि यतिले क्लिक गरे ।
सञ्चारकर्मी परिभाषा परिवर्तन भयो । सञ्चारमाध्यमको परिभाषाको काम छैन । पत्रकारिताको सिद्धान्त पुरानो भयो । आचारसंहिता भनेको प्रिन्टमा हुन्छ अनलाइनलाई चाहिदैन आचारसंहिता । संविधानले देख्दैन अनलाइन । संविधान त कागजमा हुन्छ । कसरी देखोस त अनलाइन < आचारसंहिता समाजमा हुन्छ कसरी पुगोस् त अनलाइनमा । अनलाइन पत्रिका हजारौँ छन् । कसले कहाँबाट सञ्चालन गर्यो त्यो थाहा छैन । किन सञ्चालन हुँदैछ पत्तोछैन । कानुनले नछेके पछि जे गरे पनि ठिकै । अनलाइनमा आजकाल पाइने दुई कुरा हुन । सेक्स र विकृति । त्यहाँ कलाकार हुन्छन् तर सेक्सुअल । त्यहाँ माया हुन्छ त भल्गर । त्यहाँ समाचार हुन्छ तर यौनिक । त्यहाँ लेख हुन्छ तर कुलत । त्यहाँ मान्छे हुन्छन् तर बेइजत । त्यहाँ मन हुन्छन् तर पागल । त्यस बुद्धि हुन्छ विवेक बिहिन । समाचार लेख्न सुरु गर्छन् । कलाकारकै समाचारले प्राथमिकता पाइरहेछन् । कलाकारको विवाहा < कलाकारको संभोग । कलाकारको सेक्स ? नायिकाको सानासुतक ? नायिकाको भर्ना । नायिकाको बच्चा । हिरो हिरोइनको छोरा जन्मियो, नाम जुरेन । सन्तान लाभ हुने मिति तोकियो । लेखक नायिका भर्ना भएको मिति गन्दै छ समाचार लेख्दै छ ।
नायिकाले पुत्र लाभ गरिन भन्छ । नायकले किस खाँदै गरेको फोटो राख्छ । नायिका अस्पतालमा भन्छ, नायकले बोकेको फोटो राख्छन् । यस्तै हुन आजको सञ्चारमाध्यम । सञ्चारमाध्यम भनेको के हो भनेर अबको पुस्तालाई सोधे सेक्स सिन राख्ने संसार भनेर सहज उत्तर पाइन्छ । विकासले ल्याएको विनास यही हो सञ्चारमाध्ययममा । भिरबाट लड्न लागेको भैसीलाई रामराम भन्न सकिन्छ तर थाम्न सकिदैन भन्ने पुरानो भनाइ आजका अनलाइन माध्यमका लागि चरितार्थ भएको छ । Luitel Dairy.

प्रकाशित मिति:
February 25, 2013