फागुन १४ - प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तिममा आएर प्रधानमन्त्री बन्न तयार रहेको औपचारिक प्रतिक्रिया दिएका छन् ।
प्रधानन्यायाधीश रेग्मीले आज सर्वोच्च अदालतमार्फत विज्ञप्ति जारी गर्दै चुनावी सरकारको नेतृत्व लिन आफू सकरात्मक भएको बताएका छन् ।
सर्वोच्चका सह-प्रवक्ता हेमन्त रावल द्वारा जारी विज्ञप्तिमा राजनीतिक तहमा गरिने सहमति संवैधानिक एवं कानुनी जटिलताको निकास तथा न्यायापालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार आगामी प्रक्रिया निर्धारण हुने कुरा सबैमा जानकारी गराउन सम्माननीय प्रधान न्यायधीशबाट निर्देशन भएको छ भनि उल्लेख गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठ:
देशमा उत्पन्न संबैधानिक एवं राजनीतिक गतिरोधको अन्त्यका लागि विगत केही दिनदेखि राजनीतिक दलहरुले गरेको छलफलमा संविधानसभाको निर्वाचन गराउने प्रयोजनका लागि सम्माननीय प्रधानन्यायाधीस ज्यूको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि राजनीतिक सहमति जुटाउने सम्बन्धमा छलफल भएकोम कुरा सावजनिक भएको हामी सबैमा विदितै छ ।
सम्माननीय ज्इूको कानुनको शासन, मानव अधिकारप्रथिको सम्म्मान, स्वतन्त्र न्यायापालिका पैतिको प्रतिबद्धता एवं उहाँले विगत चार दशकदेखि निष्पक्ष रुपमा न्याय सम्पादनमा पुर्याउँदै आउनुभएको काम एवं नायाप्रतिको निष्ठा कारण नै उक्त छलफल भएको हो भन्ने सवोएच्च अदालतको बुझाइ रहेको छ ।
नयापालिकाको सर्वोच्च पदमा रहि देशको न्यायप्रणालीको नेतृत्व गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्माननीय ज्युको कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ यो विषय बृहतर राष्ट्रिय हीत एवं सरोकारको विषय रहेको हुँदा राष्ट्रिय हीत अनुकुल देशमा उत्पन्न राजनीतिक एबं संबैधानिक जटिलताको निकासका लागि सम्माननिय प्रधानन्यायाधीश ज्यूको सकरातमक दृष्ट्रिकोण रहि आएको छ ।
त्यसैले राजनीतिक तहमा गरिने सहमति, संबैधानिक एवं कानुनी जटिलताको निकास तथा न्यायापालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार अगामी प्रकृया निर्धारित हुने कुरा सबैमा जानकारी गराउन सम्माननीय प्रधानन्यायाधीश ज्यूवाट निर्देशन भएबमोजिम यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।