आनी हराइनन्
१६ चैत । थुप्तेन छ्योलिङ यार्सा गुम्बा बेनी सोलुखुम्बुमा आनी पढ्दै गरेकी १३ वर्षीया बालिका पासाङ दिकी शेर्पा एक महिनादेखि हराएकी छिन् ।
छेस्काम–२ मामेर्कु घर भएकी शेर्पा गत फागुन १५ गते ल्होसार पर्व मनाउन भनी घरबाट हिँडेकी र अहिलेसम्म घरमा नपुगेकी उनका पिता ग्याल्जेन शेर्पाले बताउनुभयो । गुम्बाबाट हिजोमात्र पासाङ दिकीलाई कहिले गुम्बामा पठाउने भनी सोध्दामात्र छोरी गुम्बामा नभएको आफूलाई थाहा भएको उनका पिता ग्यालजेन शेर्पाको भनाई राससले उल्लेख गरेको छ ।
गुम्बाबाट ल्होसार मनाउन हिँडेकी तर घरमा नपुगेकी बालिकालाई देख्नु हुनेले खबर गर्न पनि उनका पिताले आग्रह गरेका छन् । बेनीबाट छेस्काम पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्छ । बालिका गुम्बाबाट घर जान भनी एक्लै हिँडेकी बताइएको छ ।
प्रकाशित मिति:
March 29, 2013