नारायणी नदीमा बनेको भव्य फुल हेर्दै सुस्ताका किसान किनारमै टोलाइरहेका भेटिन्छन् । किनारमा जम्मा पारेको उखुको खात, बढेको नारायणी र पारीको भव्य पुलले सुस्तेली र यहाँका किसानलाई गिज्याईरहेको हुन्छ । सीमा विवादले सुस्तका स्थानीयलाई भारतीय सशस्त्र प्रहरीले पुलबाट निकै पर धकेलिसकेको छ ।
पुलदेखि पारी भारतीय विहारको छेउको जंगलसम्म नेपालको सिमाना छ । तर, भारतीय पक्षले नेपाली भूमि नारायणी किनारसम्म अतिक्रमण गरिसकेका छन् ।
स्थानीयको बसोबार रहेको क्षेत्रबाट १२ किलोमिटर परको भव्य पुल नेपालकै भएपनि त्यसका वारपार गरेर सामान लैजान पाउँदैनन् उनीहरु । बाह्र किलोमिटर पश्चिम दक्षिणको भेगमा रहेको बसोबास क्षेत्रबाट सिधै पुलको बाटो सहजै जान आउन पनि नेपालीले पाउँदैनन् ।
नेपाल-भारतको संयुक्त पहलमा बनेको नारायणी पुल पार गरेर जान नेपालीले भारतीय सशस्त्र प्रहरीको चेकपोस्टमा दर्ता हुनपर्ने बुधबारको नागरिक दैनिकमा खबर छ । भारतीय सशस्त्रका जवानहरुको कडा चेकजाँमा दर्ता भएर गएको भनेर रेकर्ड गराईन्छ । पारीबाट फर्केपछि यति नम्बर हो भनेपछि फेरि सही गराएपछिमात्र नेपाली र्फकन पाउने व्यवस्था रहेको छ । - अनलाइन खबरबाट
Powered by Blogger.
नेपालीले नेपालको पुल तर्न भारतीयको अनुमति लिनुपर्ने कस्तो बाध्यता !
प्रकाशित मिति:
March 13, 2013