अपहरण गरी लगेपछि ११ लाख ठिक पार्न अपहरणकारीको आदेश
बैशाख ११ । महोत्तरीको सोनमा गाविसबाट आइतबार राति अपहरणमा परेका भोला यादवको रिहाइका लागि अपहरणकारीले रु १० लाख फिरौती माग गरेका छन् ।
सोनमा–९ स्थित कान्तवा पुल निर्माण भइरहेको ठाउँबाट आइतबार राति ११ बजे घर फर्किरहेको सोनमा–७ बस्ने ३५ वर्षीय भोला यादवलाई अज्ञात समूहले बीच बाटोबाट अपहरण गरी लगेको तथा हिजो अचानक निजको फिरौतीका लागि रु १० लाख माग गरेको निजका आफन्त विजय यादवले बताएका छन् ।
यादवका अनुसार नचिनेको नम्बरबाट फोन आएको र रु १० लाख तत्काल व्यवस्था गर्न भनिएको छ । तर अपहरणकारीले कुन ठाउँमा लेनदेन गर्नेबारे केही भनेको छैन् । साथै अपहरणकारीले फोन गरेको नम्बरमा यताबाट फोन गर्दा फोन नलाग्ने गरेको उनले बताए ।
फिरौती रकम माग भएदेखि परिवारजन, नातेदार र आफन्त निजको खोजतलासमा जुटेका छन् भने आज उनीहरुले सो कुराको जानकारी जिल्लाका सञ्चारकर्मीलाई गराएका हुन् ।
हिजो उनी अपहरणमा परको खबर आएका र फिरौती रकम पनि मागेको परिवारजनले सञ्चारकर्मीलाई बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले अपहृत यादवको खोजतलास आइतबार रातिदेखि नै इलाका प्रहरी कार्यालय गौशाला, खैरबनी र रामगोपालपुरका प्रहरीटोली खटाइ गरिरहेको बताएको छ ।

प्रकाशित मिति:
April 24, 2013