नेपाल टेलिकमको नाफा साढे १५ अर्ब
काठमाडौं ३२ साउन
नेपाल टेलिकमले गत आर्थिक वर्षमा साढे १५ अर्ब खुद नाफा कमाएको छ । आथिएक वर्षको अन्त्यसम्ममा टेलिकमले १५ अर्ब एक करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षमा टेलिकमले १३ अर्ब ६८ करोड ११ लाख ५७ हजार रुपैंया खुद नाफा गरेकोमा यो वर्ष १५.३८ प्रतिशतले बढेको हो ।
१५ अर्ब रुपैंया चुक्ता पूँजी भएको टेलिकमले जगेडा कोषमा ७८ अर्ब छ करोड ८८ लाख ७२ हजार रुपैयाँ सञ्चित गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसको जगेडा कोषमा ७१ अर्ब दुई करोड ७८ लाख ७७ हजार रुपैंया सञ्चित थियो । टेलिकमको प्रतिसेयर नेटवर्थ छ सय २० रुपैंया ४६ पैसा रहेको छ ।
चुक्ता पूँजीभन्दा एक करोड ६८ लाख रुपैंया बढी खुद नाफा कमाएका कारण टेलिकमको प्रतिसेयर आम्दानी एक सय रुपैंया ११ पैसा कायम भएको छ ।
प्रकाशित मिति:
August 16, 2017