लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZR586CGXOiimBdXK8TxxsKL2P9ar97nn3xtuqVJF-zenkk-ePznIRFOOr824hHn-v3cJ4yTgDxSkMCHpQEO4ZMyncv9F-9TY3zKUVN4_LluG9Y3AQg7gROT-nVZVfauUdjZjtgW-77bZY/s320/lukla.jpg)
बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए ।
तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसम भए पनि दैनिक चार/पाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प भएको हो । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकाप्टर मगाएर त्यहाँबाट राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।
लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । सो जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।
प्रकाशित मिति:
August 16, 2017