माओवादी सांसदले गरे मन छुने र रुने संसदमा भाषण
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटाले व्यवस्थापिका संसदमा सबैको मन छुने विषयवस्तु उठाएका छन् ।
बाढी पहिरो र डुबानका विषयमा बोल्दै उनले मार्मिक विषय प्रस्तुत गरे । उनले सबै मिलेर भारतले एकतर्फी लगाएको बाँध खोल्न पर्ने तथा बाढी पीडितलाई तत्काल राहतका लागि भनेर १५ हजार नभएर एक लाख दिनुपर्ने लगायत विषय राखेका थिए ।
उनले राखेको विषयवस्तुको सार यस्तो छः
दलहरुबिच प्रतिस्पर्धा हुन्छ । त्यो स्वभाविक हो । तर, अहिले प्रतिस्पर्धा गर्ने बेला होइन, मिलेर अघि बढ्ने बेला हो । भारतले एकतर्फी रुपमा लगाएको ब्यारेजका कारण डुबान भएको छ । यदि हामीले राष्ट्रिय एकता कायम गर्न सक्यौं भने दृढता पूर्वक कुरा राखेर राष्ट्रिय सवालमा एक ठाउँमा उभिएपछि उसलाई (भारत) विश्वासमा लिन सक्छौं । यसै सन्दर्भमा म जोडदारले के भन्न चाहन्छु भने अहिले सम्मानिय प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुँदैछ । यस (एकतर्फी रुपमा लगाइएको बाँध) लाई एजेण्डाका रुपमा राख्नुपर्छ । राष्ट्रिय सहमति कायम राखेर पार्टीहरुले सहमतिको उच्चतम विन्दुमा पुगेर यो विषयवस्तुसहित प्रधानमन्त्रीलाई हामीले भारत भ्रमण गराउन्ुपर्छ र त्यहाँ गएर कुराकानी गर्नुपर्छ ।
सँधैभरी उहीँ समस्या । प्राकृतिक विषयमा त हामी आन्तरिक रुपमा लडौंला तर निरन्तर रुपमा यो राजनीतिक कुुटनीतिक कौशलताको कमीले व्यहोर्नुपर्ने कुरा कदापी सह्य हुँदैन । यो प्राकृतिक प्रकोपको मात्र सवाल हैन । राजनीतिक र कुटनिितकसँग जोडिएको कुरा हो ।
अब राहतको कुरा गर्दाखेरी तराईका गाउँहरु डुबेका छन् । बगेका छन् । खण्डहर भएका छन् । सरकारले प्राथमिकतामा डुबेका बगेका गाउँहरुलाई प्राथमिकता दिनुपर्दछ । सरकारले पीडितलाई अहिले तत्काल राहतका लागि भनेर १५ हजार होइन, १ लाख दिनुपर्छ । १५ हजारले त एक पटक रेष्टुरेन्टमा बसेर खादा सकिन्छ । सरकारले घर बनाउन नसक्नेहरुका लागि पुनबासस्थानको व्यवस्था गर्नुपर्दछ । गरिबलाई बाडेर देश सकिन्न । यस्तै बेला हो राज्यले गर्नुपर्ने सहयोग ।
प्रकाशित मिति:
August 16, 2017