अंशवण्डाको निहुँमा कान्छी श्रीमतीको पेट र छोराको कोखमा छुरा प्रहार
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjisIzapWuYUBh45EGxn3a3A4Qw0WQopiGHnrlySlrYbqsXMepOvVbInr1MDJTaWJ8LREFSG9TvYrcuefBWQpnWzHHt4IG82SPPwLK3IsmUQIpoMx-f77SpKhs_wHMwKKQxBippMTuWTFNO/s320/chura.jpg)
कैलालीको गेटा गाविसमा ६० वर्षीय वियज भट्टले श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट उनकी श्रीमती ४५ वर्षीया भागरथी भट्ट र २३ वर्षीया छोरा चन्द्रकान्त भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका आमा छोराको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि भारतको हल्दवानी रेफर गरिएको छ।
चक्कु प्रहार गर्ने विजय भट्ट फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
April 22, 2013