यसरी चर्काउँदैछन् विपक्षी ३३ दलले आन्दोलन (आन्दोलन तालिकासहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJP-_TQxGq63Kfwg7sT0fmJcZpZrjFN6hMzVHo2LAWF3-ZmuBhroZx5d2yFm8Ac-NPMkPhyxW1ZDJl4OIsa3tx6Jdg2hIN9ytS4dy1Kz62KtbpSuUylXKYTN9ZA3b8V1dx8C3ZRU9SfMew/s200/mohan+baidya.jpg)
ती दलका तर्फबाट आइतबार जारी गरिएको प्रेस वक्तव्यमा जनाइएअनुसार यही वैशाख १४ गते नागरिकता र मतदाता नामावलीलगायत विषयमा विचार गोष्ठी तथा अन्तक्र्रिया तथा विराटनगरमा भारत सरकारले राखेको सम्पर्क कार्यालय बन्द गराउन नेपालस्थित भारतीय दूतावासमा विरोधपत्र पेस गरिने छ ।
पुरै आन्दोलनका कार्यक्रम यस्ता रहेका छन् :
- बैशाख ८ गते — निर्वाचन आयोगमा नागरिकता र मतदाता नामावलीको अभियानको विरोधमा विरोधपत्र बुझाउने ।
- बैशाख १४ गते — नागरिकता र मतदाता नामावलीको विषयलाई केन्द्रित गरी विचार गोष्ठी÷अन्तरक्रिया गर्ने ।
- बैशाख १६ गते — भारतीय दूतावासमा विराटनगर भारत सरकारले राखेको क्याम्पको विरोधमा विरोधपत्र पेश गर्ने ।
- बैशाख १८ गते— बसन्तपुरमा संयुक्त रुपमा मे दिवस मनाउने ।
- बैशाख २० गतेदेखि २५ गतेसम्म — ईटहरी, लहान, काठमाडौं, पोखरा, सुर्खेत, महेन्द्रनगरमा जनसभा गर्ने ।
- जेठ २० गतेदेखि १५ गतेसम्म — मेची महाकाली (मेम) अभियान सञ्चालन गर्ने ।
अभियानको नारा
राष्ट्रिय स्वाधीनताका पक्षमा र प्रतिगामी कदमका विरुद्धमा जनजागरण अभियान
- जेठ १५ गते — मेची महाकाली अभियानको समापन काठमाडौंमा गर्ने ।
प्रकाशित मिति:
April 22, 2013