बैशाख ९ - मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै दुई/तीन दिन लाग्ने बताएको छ ।
पश्चिमी वायु प्रणाली र पूर्व मनसुन प्रक्रियाको संसर्ग भई त्यसको प्रभावले अहिले वर्षा भइरहेको र यो क्रम केही दिन चल्ने महाशाखाले बताएको छ । मनसुन प्रक्रिया सुरु हुनु अगावैको अवस्थालाई पूर्व मनसुन प्रक्रिया भनिन्छ । नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको समयावधिमा मनसुन प्रक्रिया चल्ने गर्छ ।
भूमध्य सागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको हिमाञ्चल क्षेत्र हुँदै सुदूर पश्चिमीबाट नेपालमा पश्चिमी वायु प्रणाली प्रवेश गरेको छ ।
वायु अहिले मध्य तथा पूर्वी भेगतर्फ वहने प्रक्रिया सुरु भइसकेकाले मुलुकका पहाडी तथा तराई क्षेत्रका अधिकांश भागमा वर्षा भइरहेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् केशवदास श्रेष्ठले सोमबार अपराह्नसम्म सो वायुको प्रभाव रही वर्षा हुने प्रक्रिया चलिरहने र तराई क्षेत्रमा भने सो प्रक्रिया लम्बिने बताए ।
महाशाखाका अनुसार आज बिहान ९ बजेसम्म ओखलढुङ्गामा २, सुर्खेत र काठमाडौँमा ७, दाङ्मा १८, पोखरामा ३१ र भैरहवामा ४५ मिलिलिटर वर्षा भएको छ ।
Powered by Blogger.
अझै दुई/तीन दिन यस्तै यस्तै नै मौसम
प्रकाशित मिति:
April 21, 2013